मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भारतले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची, प्रतिलिटर पेट्रोल ४१ र डिजेल ९४ रुपैयाँ महँगो

962
SHARES
भारतले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची, प्रतिलिटर पेट्रोल ४१ र डिजेल ९४ रुपैयाँ महँगो

काठमाडौं । भारतीय आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोलियम पदार्थको खरिद दरमा उल्लेख्य वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अस्वाभाविक रूपमा बढेपछि नेपालका लागि आउने इन्धनको मूल्यमा ठूलो अन्तर देखिएको हो ।

नयाँ दरअनुसार पेट्रोल प्रतिलिटर ४१ रुपैयाँ र डिजेल प्रतिलिटर ९४ रुपैयाँसम्म महँगो भएर आएको छ । विशेषगरी डिजेलमा देखिएको यो वृद्धि पछिल्ला समयकै उच्चमध्ये एक मानिएको छ भने पेट्रोलको मूल्य पनि उल्लेखनीय रूपमा बढेको छ ।

यति ठूलो दरमा इन्धन महँगो भएर आए पनि नेपालमा भने हाललाई पुरानै खुद्रा मूल्य कायम राखिएको छ । नेपाल आयल निगमले मूल्य नबढाउने निर्णय गर्दै उपभोक्तालाई तत्काल थप भार नपार्ने नीति लिएको जनाएको छ ।

निगमले मूल्य स्थिरीकरण कोष र सञ्चित नाफा प्रयोग गरेर बढेको लागत व्यवस्थापन गर्ने तयारी गरेको छ । तर, यस निर्णयले निगममाथि आर्थिक दबाब भने बढेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र १८, बुधबार ०१:००
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP