मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

देशका विभिन्न स्थानबाट लागूऔषधसहित १४ जना पक्राउ

1.2K
SHARES
देशका विभिन्न स्थानबाट लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौं । प्रहरीले नियमित गस्तीका क्रममा देशका विभिन्न जिल्लाबाट लागूऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार छुट्टाछुट्टै स्थानमा सञ्चालन गरिएको कारबाहीमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

बझाङको जयपृथ्वी नगरपालिका–९ चिउरीखानबाट खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् भने रूपन्देहीको कञ्चन गाउँपालिका–५ गरगरेस्थित देउराली टोलबाट दुई जना र कैलालीको धनगढी उपमहानगरपालिका–९ ब्राङ्ग्रा कटानबाट एक जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यस्तै, मोरङको कानेपोखरी गाउँपालिका–६ बाट तीन जना, कञ्चनपुरको बेलौरी नगरपालिका–६ बाट दुई जना र झापाको भद्रपुर नगरपालिका–४ डाँगीबारीबाट दुई जनालाई पक्राउ गरिएको छ ।

नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका–२ दुम्कीबास बजारबाट चिकित्सकको सिफारिसमा मात्र पाइने स्पास्मो ८८ ट्याब्लेट तथा नगद ८ हजार ५०० रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिइएको छ ।

यसैबीच, बाँकेको कोहलपुर नगरपालिका–१५ चौधरिया गाउँबाट एक जनालाई डिजिटल तराजुसहित गए राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र १५, आईतवार ११:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP