मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

आज नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ, सबै तयारी पूरा

676
SHARES
आज नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ, सबै तयारी पूरा

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको पद तथा गोपनीयताको शपथ आज बिहीबार अपराह्न २ः०० बजे हुने भएको छ । संघीय संसद् सचिवालयले शपथ कार्यक्रमका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित सांसदहरूलाई शपथ गराउनेछन् । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार केसीलाई पद तथा गोपनीयताको शपथ गराइसकेका छन् ।

शपथ समारोह सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हलमा आयोजना हुनेछ । सचिवालयका अनुसार केही सांसदहरूले नेपालीबाहेक अन्य भाषामा पनि शपथ लिने तयारी गरेका छन्, जसमा उल्लेख्य संख्यामा मैथिली भाषा प्रयोग गरिनेछ ।

संविधानको धारा ९९ र धारा ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ अनुसार सांसदहरूले पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था रहेको छ ।

शपथ कार्यक्रममा सहभागी हुन सांसदहरूलाई आवश्यक कागजातसहित निर्धारित समयभन्दा अगावै उपस्थित हुन आग्रह गरिएको छ । साथै, उनीहरूलाई औपचारिक वा सांस्कृतिक पहिचान झल्किने पोसाकमा उपस्थित हुन पनि अनुरोध गरिएको छ ।

कार्यक्रम स्थलमा बसाइँ व्यवस्था, सभामुखको आसन, रोष्ट्रम तथा सचिवालयका पदाधिकारीहरूका लागि आवश्यक संरचना तयारी अवस्थामा राखिएको छ ।

गएको फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२, नेपाली कांग्रेसले ३८, नेकपा (एमाले)ले २५, नेपाली कम्युनिस्ट पार्टीले १७, श्रम संस्कृति पार्टीेले सात र राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच सिट प्राप्त गरेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र १२, बिहीबार ०१:०३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP