मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आज, आगामी प्रक्रियाबारे छलफल हुने

793
SHARES
प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आज, आगामी प्रक्रियाबारे छलफल हुने

काठमाडौं । संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक आह्वान गरेको छ । बैठक आज दिउँसो २ बजेका लागि बैठक बोलाइएको छ ।

महासचिव पद्मप्रसाद पाण्डेका अनुसार बैठक सिंहदरबारस्थित संसद् सचिवालयमा रहेको महासचिवको कार्यकक्षमा बस्नेछ । प्रतिनिधिसभाको निर्वाचनबाट प्रतिनिधित्व गर्न सफल भएका दलहरूबीच आगामी संसदीय प्रक्रिया र कार्यसूचीबारे प्रारम्भिक छलफल गर्ने उद्देश्यले बैठक आह्वान गरिएको हो ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट ६ वटा राजनीतिक दलले प्रतिनिधित्व सुनिश्चित गरेका छन् । प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले सिट जितेका छन् ।

सचिवालयले यी दलहरूसँग समन्वय गर्दै संसद्को बैठक सञ्चालन, कार्यसूची निर्धारण तथा अन्य आवश्यक प्रक्रियाबारे सहमति जुटाउने तयारी गरेको जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र ५, बिहीबार ०६:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP