मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रामेछाप बस दुर्घटना: मृतक संख्या ६ पुग्यो, उद्धार कार्य जारी

585
SHARES
रामेछाप बस दुर्घटना: मृतक संख्या ६ पुग्यो, उद्धार कार्य जारी

काठमाडौं । रामेछापमा मंगलबार बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ भने पाँचजनाभन्दा बढी यात्रु घाइते भएका छन् ।

काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९७५ नम्बरको बस मन्थली नगरपालिका–६ त्रिवेणी घाट नजिकबाट तामाकोसी नदीमा खस्दा दुर्घटना भएको हो । बिहान करिब पौने ११ बजे बस सडकबाट झण्डै २० मिटर तल नदीमा खसेको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमध्ये दुई पुरुष र चार महिला रहेका छन्, तर उनीहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका पाँच जनालाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल खुर्कोट पठाइएको छ । बस नदीमा पूर्ण रूपमा डुबेको अवस्थामा रहेको र यात्रुको यकिन संख्या अझै खुल्न नसकेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि सशस्त्र प्रहरी बल नेपाल गुल्म रामेछाप, विपद् व्यवस्थापन बेस खुर्कोटका गोताखोरसहितको टोली र नेपाल प्रहरी संयुक्त रूपमा उद्धार तथा खोजी कार्यमा खटिएका छन् । नदीमा डुबेको बसबाट थप यात्रुको खोजी जारी रहेको सुरक्षा निकायले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ २७, मंगलवार ०७:२१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP