मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भदौरे हत्याकाण्डमा संलग्न आरोपमा दुई पक्राउ

1.8K
SHARES
भदौरे हत्याकाण्डमा संलग्न आरोपमा दुई पक्राउ

ओखलढुंगा । चिशङ्खुगढी गाउँपालिका–६ भदौरेमा दुई साताअघि भएको दम्पत्ती हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । ८० वर्षीय चन्द्रविक्रम राई र उनकी पत्नी चन्द्रमाया राईको हत्या घटनामा संलग्न रहेको अभियोगमा सोही क्षेत्रका दुई दाजुभाइलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) मदन केसीका अनुसार पक्राउ परेका दुवै जनालाई काठमाडौंबाट नियन्त्रणमा लिइएको हो । घटनाबारे विस्तृत जानकारी भोलि पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हालसम्म पक्राउ परेकाहरूको पहिचान सार्वजनिक गरिएको छैन । घटनापछि हत्या गरी घरबाट नगद तथा सामान लुटपाट गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाले स्थानीय बासिन्दामा त्रास फैलिएको थियो भने सुरक्षा व्यवस्थाबारे पनि चासो बढेको थियो ।

भदौरे क्षेत्रमा पछिल्लो समय श्रृंखलाबद्ध रूपमा भएका हत्या घटनाले थप चिन्ता बढाएको छ । चन्द्रविक्रम दम्पत्तीको हत्या हुनुभन्दा करिब एक महिना अघि सोही स्थानमा ६० वर्षीय शोभितमान थापामगर र उनकी पत्नी रत्नमाया थापामगरको पनि हत्या भएको थियो । लगातार भएका यस्ता घटनापछि स्थानीयवासीले दोषीलाई कडा कारबाहीको माग गर्दै आएका छन् ।

प्रहरीले दुबै घटनाबीच कुनै सम्बन्ध रहेको वा नरहेको विषयमा पनि अनुसन्धान भइरहेको जनाएको छ । जिल्लामा शान्ति सुरक्षा मजबुत बनाउन थप निगरानी बढाइएको प्रहरीले जानकारी दिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ २४, शनिबार १०:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP