मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

छ महिनामा नेपालको आर्थिक अवस्था सबल, मुद्रास्फीति न्यून र विदेशी सञ्चिति उच्च

1K
SHARES
छ महिनामा नेपालको आर्थिक अवस्था सबल, मुद्रास्फीति न्यून र विदेशी सञ्चिति उच्च

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो छ महिना (पुस मसान्तसम्म) को तथ्याङ्क सार्वजनिक गर्दै देशको समग्र आर्थिक तथा वित्तीय अवस्था सन्तोषजनक रहेको जनाएको छ ।

राष्ट्र बैंकको प्रतिवेदनअनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति २.४२ प्रतिशतमा सीमित रहेको छ । यस अवधिमा कूल विदेशी विनिमय सञ्चिति बढेर ३२ खर्ब ४२ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ, जुन अमेरिकी डलरमा २२ अर्ब १७ करोड बराबर हो । यस्तो सञ्चिति १८.१ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले स्पष्ट पारेको छ ।

समीक्षा अवधिमा चालु खाता ४ खर्ब २९ अर्ब ९१ करोड रुपैयाँ र शोधनान्तर ५ खर्ब १ अर्ब २४ करोड रुपैयाँ बचतमा रहेको छ । विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढ्दै नेपाली रुपैयाँमा ३९.१ प्रतिशत र अमेरिकी डलरमा ३२.३ प्रतिशतले वृद्धि भएको छ । पुस महिनामा मात्रै १ खर्ब ९२ अर्ब ६२ करोड रुपैयाँ बराबरको विप्रेषण नेपाल भित्रिएको छ ।

विदेश व्यापारतर्फ निर्यात ४३.८ प्रतिशतले वृद्धि भएको छ भने आयात १४.२ प्रतिशतले बढेको छ । यस्तै, नेपाल सरकारको कूल खर्च ६९० अर्ब २२ करोड रुपैयाँ पुगेको छ भने राजस्व परिचालन ५७७ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।

मौद्रिक सूचकहरूको समीक्षा गर्दा विस्तृत मुद्राप्रदाय छ महिनामा ५.४ प्रतिशतले बढेको छ भने वार्षिक आधारमा यसको वृद्धि १४.२ प्रतिशत पुगेको छ । बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप परिचालन ५।७ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा ३।६ प्रतिशतले वृद्धि भएको छ । वार्षिक रूपमा निक्षेप वृद्धिदर १४.८ प्रतिशत र कर्जाको वृद्धिदर ६.७ प्रतिशत रहेको छ ।

ब्याजदरको अवस्थातर्फ बैंक तथा वित्तीय संस्थाबीचको भारित औसत अन्तरबैंक दर २.७५ प्रतिशत कायम भएको छ । ९१ दिन अवधिको ट्रेजरी बिलको भारित औसत ब्याजदर २.३५ प्रतिशत रहेको छ । वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.५६ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ७.१२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

पूर्णपाठ:

:



अगुल्टो अगुल्टो   
  • २०८२ माघ १९, सोमबार १४:०८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP