मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रत्यक्षतर्फका मतपत्र छपाइ सुरु, १५ दिनभित्र सकिने

2.7K
SHARES
प्रत्यक्षतर्फका मतपत्र छपाइ सुरु, १५ दिनभित्र सकिने

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका मतपत्र छपाइ औपचारिक रूपमा सुरु भएको छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका अधिकारीहरूले सोमबार भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेड पुगेर छपाइ प्रक्रियाको निरीक्षण गरेका हुन् ।

निरीक्षणपछि प्रमुख आयुक्त भण्डारीले प्रत्यक्षतर्फ कुल २ करोड ३ लाख २३ हजार मतपत्र छाप्ने काम सुरु गरिएको जानकारी दिए । उनका अनुसार यो प्रक्रिया करिब १५ दिनभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

भण्डारीले समानुपातिकतर्फका लागि २ करोड ८ लाख ५० हजार मतपत्रको छपाइ यसअघि नै सकिएको पनि स्पष्ट पारे । आयोगले आगामी फागुन ५ गतेभित्र देशभरका सबै निर्वाचन क्षेत्रमा मतपत्र पठाइसक्ने तयारी गरेको जनाएको छ ।

उनका अनुसार मतदानअघि मतपत्रको सुरक्षासहित निर्वाचनका सबै प्राविधिक र व्यवस्थापकीय तयारी पूरा गरिएको छ । यसअघि जनक शिक्षा सामग्री केन्द्रले प्रत्यक्षतर्फ करिब ११ लाख नमूना मतपत्र छापेर निर्वाचन आयोगलाई बुझाइसकेको थियो ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ १२, सोमबार १३:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP