मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

श्रमिकको आवाज बोल्ने एउटा योद्धा बने नेपाली कम्युनिस्ट पार्टीको उम्मेदवार

5.2K
SHARES
श्रमिकको आवाज बोल्ने एउटा योद्धा बने नेपाली कम्युनिस्ट पार्टीको उम्मेदवार

०५२ सालमा नेपालमा माओवादी युद्ध सुरु हुँदा तत्कालीन सानो गाउँको एक साधारण परिवारका राजेन्द्र अमात्य किशोरावस्था भर्खर पार गर्दै थिए । त्यसअघिको संसदीय निर्वाचनमा नौ स्थान जितेको संयुक्त जनमोर्चा विभाजित भइसकेको थियो । एउटा हिस्सा २०५१ सालको मध्यावधि निर्वाचनमा सहभागी भयो भने अर्को हिस्साले सशस्त्र माओवादी युद्धको बाटो रोज्यो । त्यही राजनीतिक उतार–चढावको समयमा अर्धभूमिगत रूपमा आन्दोलनलाई साथ दिएका अमात्य आज २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार बनेका छन् ।

पछिल्ला तीन दशकमा नेपालको राजनीतिले अनेक परिवर्तन देखेको छ । २०४८ सालमा संलग्न संयुक्त जनमोर्चा तथा एकता केन्द्र नेपाल समयक्रममा खुम्चिँदै, फैलिँदै, विभाजित र एकीकृत हुँदै अहिलेको नेपाली कम्युनिस्ट पार्टीको स्वरूपमा आइपुगेको हो । यस यात्रामा राजेन्द्र अमात्यले लिएका धेरै निर्णयहरू कालान्तरमा सही साबित भएका छन् ।

उनको राजनीतिक यात्रा ट्रेड युनियन आन्दोलनबाट सुरु भएको हो । उनले जीवनबाट बुझेको एउटा मूल सत्य छ— यो संसार गफ गर्नेहरूले होइन, श्रम गर्नेहरूले बनाएको हो । नेपालको राजनीतिमा पटक–पटक दुई किसिमका अतिवाद देखिएका छन् । राजनीतिलाई पेसा बनाउने अतिवादले समाजमा विकृति थपेको यथार्थ छ भने पछिल्लो समय अर्को खालको अतिवाद अझै डरलाग्दो रूपमा देखा परेको छ । नागरिकको हक–अधिकारका लागि ७० वर्षभन्दा लामो संघर्षमा कुनै भूमिका नखेली, अरूले लडेर ल्याएका उपलब्धिमाथि स्टारडम र सेलिब्रिटीको आडमा प्रहार गर्ने प्रवृत्तिप्रति अमात्य खुला रूपमा असहमति राख्छन् ।

फरक सोचका अमात्य लामो समय राजनीतिक आन्दोलनमा सक्रिय रहँदा पनि आफ्नो पेसालाई निरन्तरता दिँदै आएका छन् । बिमा अभिकर्ताका रूपमा काम गरिरहेका उनी राजनीतिक कार्यकर्तामा पेसागत स्थायित्व नहुँदा आन्दोलन झन् कमजोर हुने अनुभव सुनाउँछन् ।

२०६४ सालमा उनको दलले उल्लेखनीय सफलता हासिल गरेको थियो, यद्यपि त्यसपछिका वर्षहरूमा त्यो साख खुम्चिएको यथार्थ पनि उनी स्वीकार्छन् । नेतृत्वका कमजोरीहरूलाई आत्मालोचना गर्दै २३ र २४ भदौको आन्दोलनपछि नेपाली कम्युनिस्ट पार्टी सुधारिएको र परिमार्जित स्वरूपमा अगाडि बढेको उनको बुझाइ छ । इमानदार र समाजमा राम्रो छवि बनाएकाहरूको उम्मेदवारी त्यसकै उदाहरण भएको उनी बताउँछन् । श्रमिकको आवाज र राष्ट्रियताको सवालमा अझै पनि नेपाली कम्युनिस्ट पार्टी निर्विकल्प रहेको उनको स्पष्ट धारणा छ ।

राजेन्द्र अमात्यले विगतमा सिद्धी मङ्गल माध्यमिक विद्यालयको व्यवस्थापन समितिको सदस्यका रूपमा एक कार्यकाल पूरा गरेका छन् । खानेपानी व्यवस्थापनलगायत सामाजिक क्षेत्रमा सक्रिय उनको छवि निर्वाचन क्षेत्रमा सकारात्मक छ । सरल जीवनशैली, सहयोगी स्वभाव र सामाजिक भावनाका कारण उनी धेरैका लागि प्रिय पात्र बनेका छन् ।

दलको राजनीतिक एजेन्डासँगै उनको व्यक्तिगत इमानदार छवि नै उनको मुख्य शक्ति हो । सबैभन्दा महत्वपूर्ण कुरा, श्रमिक आन्दोलनबाट सुरु भएको उनको यात्रा आज पनि श्रमिककै पक्षमा अडिग छ । उनी आज पनि त्यत्तिकै स्पष्ट छन्— “समाज श्रम गर्नेहरूले बनाउने हो, गफ गर्नेहरूले होइन ।”



अगुल्टो अगुल्टो   
  • २०८२ माघ १०, शनिबार १४:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP