मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नेकपाले गजुरेलसहित सात जनालाई निष्कासन गर्यो

1.6K
SHARES
नेकपाले गजुरेलसहित सात जनालाई निष्कासन गर्यो

काठमाडौं । आगामी फागुन २१ गते हुने आम निर्वाचनमा पार्टीको आधिकारिक निर्णय र निर्देशन विपरीत उम्मेदवारी दिएको आरोपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सात जना कार्यकर्तालाई पार्टीबाट निष्कासन गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार पार्टीका आधिकारिक उम्मेदवार रहेका निर्वाचन क्षेत्रमा पार्टीको निर्णय उल्लंघन गर्दै स्वतन्त्र वा अन्य रूपमा उम्मेदवारी दिने, ती उम्मेदवारका प्रस्तावक, समर्थक तथा प्रचार–प्रसारमा संलग्न व्यक्तिहरूमाथि कारबाही गरिएको हो । पार्टी विधानको दफा १०६ बमोजिम अनुशासनको कारबाही गर्दै उनीहरूलाई पार्टीबाट निष्कासन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

निष्कासित हुनेमा सिन्धुलीका हरिबोल गुरुङ र महेन्द्र दहाल, दाङका कुलप्रसाद के।सी।, उदयपुरका मेजर राई तथा सिरहाका धर्मनाथ साह, राजकुमारी साह र जिवछ साह रहेका छन् ।

पार्टी नेतृत्वले निर्वाचनजस्तो संवेदनशील समयमा संगठनात्मक अनुशासन उल्लंघन गर्ने गतिविधि सह्य नहुने स्पष्ट पारेको छ । साथै पार्टीको निर्णय र निर्देशन पालना गर्न सम्पूर्ण नेता–कार्यकर्ता तथा समर्थकलाई आग्रहसमेत गरिएको छ ।

विज्ञप्तिमा पार्टीको आधिकारिक उम्मेदवारलाई जिताउन एकताबद्ध रूपमा लाग्नुपर्नेमा जोड दिँदै, यस्ता गतिविधिले पार्टीलाई कमजोर बनाउने भन्दै भविष्यमा यस्ता कार्य दोहोरिए थप कडा कारबाही गरिने चेतावनी दिइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ १०, शनिबार ०८:००
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP