मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

देश अन्योलबाट मुक्त, समाधानको बाटो सर्वपक्षीय सहमति :प्रचण्ड

1.8K
SHARES
देश अन्योलबाट मुक्त, समाधानको बाटो सर्वपक्षीय सहमति :प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक अब अन्योलको अवस्थाबाट बाहिर निस्किसकेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको सर्वपक्षीय संवाद कार्यक्रममा सम्बोधन गर्दै उनले वर्तमान राजनीतिक संकटको समाधान सर्वपक्षीय सहमतिबाटै सम्भव हुने स्पष्ट पारे ।

“अब त देशमा अन्योल छैन भन्ने हामी सबैलाई लागेको छ,” प्रचण्डले भने, “सम्माननीय प्रधानमन्त्रीज्यू र सरकारलाई विशेष धन्यवाद दिन चाहन्छु । तपाईंहरूलाई निकै अप्ठ्यारो अवस्था आएको हामीले महसुस गरेका थियौँ, तर अब निर्वाचनको वातावरण बनाइएको छ ।”

देश निर्वाचनतर्फ अघि बढिसकेको उल्लेख गर्दै उनले चुनावमा जाने वा अन्य कुनै राजनीतिक प्रक्रियामा अघि बढ्दा पनि राष्ट्रिय सहमति अपरिहार्य रहेको बताए । “हामीले यो संकटको समाधान गर्ने भनेको सर्वपक्षीय सहमतिबाटै हो । चुनावमा गए पनि सहमतिबाटै जानुपर्छ,” उनले जोड दिए ।

शान्ति, स्थायित्व र समृद्धिका विषयमा धेरै भाषणभन्दा व्यवहारिक कार्य आवश्यक रहेको बताउँदै प्रचण्डले आफू प्रधानमन्त्री हुँदा निजी क्षेत्रसँग निरन्तर संवाद र सहकार्य गरेको स्मरण गरे । तर संविधान निर्माणका क्रममा निजी, सहकारी र सामुदायिक क्षेत्रलाई विकासको मोडल बनाउने प्रतिबद्धता पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको उनले स्वीकारे ।

स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नु र त्यसमार्फत प्राप्त जनादेशका आधारमा संविधान तथा कानुनका सीमा र कमीकमजोरी संशोधन गर्ने प्रतिबद्धता अहिलेको मुख्य आवश्यकता भएको उनको भनाइ थियो ।

संविधान निर्माणका बेला १० वर्षपछि पुनरावलोकन गर्ने सहमति भएको स्मरण गर्दै प्रचण्डले उक्त समय पूरा भइसकेको र जेनजी पुस्ताले समेत संविधान पुनरावलोकनको माग उठाइरहेको बताए । ‘हामीले संविधान बनाउँदा नै १० वर्षपछि पुनरावलोकन गर्ने भनेका थियौँ, अब त्यो समय पनि पूरा भएको छ,’ उनले भने ।



अगुल्टो अगुल्टो   
  • २०८२ पुष १६, बुधबार ११:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP