मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जोरपाटी ब्याडमिन्टन प्रतियोगितामा सञ्जीव–कमल र हरि–कार्गेलको जोडी प्रथम

5.1K
SHARES
जोरपाटी ब्याडमिन्टन प्रतियोगितामा सञ्जीव–कमल र हरि–कार्गेलको जोडी प्रथम

काठमान्डु । जोरपाटी ब्याडमिन्टन क्लबको स्थापना दिवसको अवसरमा आयोजित गोकर्णेश्वर नगरपालिका नगरस्तरीय खुल्ला तथा सुपर भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता–२०८२ मा सञ्जीव कटवाल–कमल परियार तथा हरि मोक्तान–कार्गेल लामाको जोडी प्रथम भएका छन् ।

शनिबार सम्पन्न फाइनल खेलमा खुल्लातर्फ सञ्जीव कटवाल र कमल परियारको जोडी तथा सुपर भेट्रान्स (५५+) तर्फ हरि मोक्तान र कार्गेल लामाको जोडीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पारेका हुन् ।

खुल्लातर्फ प्रतिस्पर्धात्मक फाइनल
खुल्ला समूहको फाइनल खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक रह्यो । सञ्जीव कटवाल र कमल परियारको जोडीले लोक लामा र कला राईको जोडीलाई २१–१६, १९–२१, २१–१२ को सेटमा पराजित गर्दै प्रथम स्थान सुनिश्चित गरे ।

पहिलो सेट कटवाल–परियारले आफ्नो पक्षमा पारेका थिए भने दोस्रो सेट लामा–राईको जोडीले जित्दै खेललाई बराबरीमा ल्याएको थियो । निर्णायक तेस्रो सेटमा पुनः आक्रामक खेल प्रस्तुत गर्दै कटवाल–परियारले उपाधि जिते । पराजित लामा–राईको जोडीले दोस्रो स्थानमा चित्त बुझाए ।

सुपर भेट्रान्समा मोक्तान–लामाको दबदबा
सुपर भेट्रान्स (५५+)० तर्फ हरि मोक्तान र कार्गेल लामाको जोडीले सानु थापामगर र केदार दवाडीको जोडीलाई पराजित गर्दै प्रथम स्थान हासिल गरे ।

तीन सेटसम्म चलेको खेलमा मोक्तान–लामाको जोडीले २१–१६, २२–२० र ७–२१ को नतिजासहित उपाधि जित्न सफल भयो । संयमित खेलकै कारण उनीहरू निर्णायक मोडमा अग्रता लिन सफल भएका थिए ।

विजयी खेलाडीलाई पुरस्कार वितरण
प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रममा गोकर्णेश्वर नगरपालिका मेयर दिपककुमार रिसाल प्रमुख अतिथि तथा नगर प्रवक्ता एवं वडा नं. ५ का अध्यक्ष नारायणप्रसाद सुवेदी विशिष्ट अतिथिका रूपमा सहभागी थिए । अतिथिहरूले विजयी तथा उपविजयी खेलाडीहरूलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

खेलकुद प्रवर्द्धनमा क्लबको योगदान
जोरपाटी ब्याडमिन्टन क्लबका अध्यक्ष गणेश श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा खेलकुदकर्मी, समाजसेवी तथा स्थानीय बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वक्ताहरूले नगरस्तरमा यस्ता प्रतियोगिताले खेलकुद विकास, स्वस्थ जीवनशैली र सामाजिक एकता प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने बताएका थिए ।



अगुल्टो अगुल्टो   
  • २०८२ पुष ५, शनिबार ०६:५८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP