मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पुस ४ मा मधेस प्रदेश सरकारको विश्वासको परीक्षा

1.5K
SHARES
पुस ४ मा मधेस प्रदेश सरकारको विश्वासको परीक्षा

काठमान्डु । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पुस ४ गते प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । यसका लागि उनले बुधबार प्रदेश सभा सचिवालयलाई औपचारिक पत्र पठाउँदै आवश्यक व्यवस्था मिलाइदिन अनुरोध गरेका हुन् ।

मुख्यमन्त्री यादवले पठाएको पत्रमा नेपालको संविधानको धारा १६८ को उपधारा (४) उल्लेख गर्दै २०८२ साल पुस ४ गते शुक्रबार दिउँसो ४ बजे विश्वासको मत लिने व्यवस्था गर्न आग्रह गरिएको छ ।

विश्वासको मत नलिइसकेको अवस्थामा मन्त्रिपरिषद् विस्तार रोकिएको छ । हाल मन्त्रिपरिषद्मा नेपाली कांग्रेसबाट जङ्गीलाल यादव स्वास्थ्य तथा जनसंख्यामन्त्री, नेकपा (एकीकृत समाजवादी) बाट गणेश पटेल उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री, नेकपा (माओवादी केन्द्र) बाट जवाहर कुशवाह ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री र लोकतान्त्रिक समाजवादी पार्टीबाट रानीकुमारी तिवारी मन्त्री रहेका छन् । तिवारीलाई भने मन्त्रालयको जिम्मेवारी तोक्न बाँकी छ ।

कृष्णप्रसाद यादव गत मंसिर १९ गते छ दलका ७७ जना प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । संविधानअनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बनेका मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ पुष २, बुधबार १०:३७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP