मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नौबिसे–मुग्लिन सडकखण्ड पनि पहिरोका कारण राजमार्ग पूर्णरूपमा अवरुद्ध

3.1K
SHARES
नौबिसे–मुग्लिन सडकखण्ड पनि पहिरोका कारण राजमार्ग पूर्णरूपमा अवरुद्ध

काठमाडौं । नौबिसे–मुग्लिन सडकखण्ड अन्तर्गत दुई फरक स्थानमा खसेको ठूलो पहिरोका कारण प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । धादिङ जिल्लाको धुनिवेशी नगरपालिका–१ स्थित ठूलोखोला (धार्के–सितापाइला सडकखण्ड) र बेनिघाट रोराङ गाउँपालिका–१० को बादरेमोडमा खसेको पहिरोले सडक बन्द भएको हो ।

धादिङ प्रहरीका अनुसार बुधबार राति पौने ९ बजे ठूलोखोलामा पहिलो पहिरो खसेको थियो भने बादरेमोडमा खसेको पहिरो अझ ठूलो र जटिल भएकोले तत्काल पन्छाउन सक्ने अवस्था छैन ।

‘बादरेमोडको पहिरो ठूलो छ, भोलि बिहान नभएसम्म सडक खुल्ने सम्भावना नरहेको प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध भएपछि यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् । प्रहरी र स्थानीय प्रशासनले हाललाई वैकल्पिक मार्ग प्रयोग गर्न यात्रुहरूलाई आग्रह गरेका छन् ।

यसैबीच, मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोलामा पहिल्यैदेखि खसेको पहिरो अझै नपन्छाइएकाले सो क्षेत्रको आवागमनसमेत ठप्प भएको छ ।

चाडपर्वको पूर्वसन्ध्यामा मुख्य राजमार्गहरू अवरुद्ध हुँदा यात्रुहरू लामो समयदेखि बाटोमै रोकिएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन ९, बिहीबार ००:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP