मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्यमन्त्री यादवले विश्वासको मत लिन बैठक आह्वान

1.6K
SHARES
मुख्यमन्त्री यादवले विश्वासको मत लिन बैठक आह्वान

जनकपुर । मधेस प्रदेशसभाको बैठक आज बिहान बस्ने भएको छ । मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिने उद्देश्यले बिहान साढे ८ बजे बैठक आह्वान गरिएको हो ।

सर्वोच्च अदालतले सोमबार साँझ मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेपछि उनले आजको बैठकमार्फत मतको विश्वास लिन लागेका हुन् ।

प्रदेशसभामा कूल १०७ सदस्य छन्, जसमा सरकार बन्न कम्तीमा ५४ मत आवश्यक पर्छ । एमालेसँग २५ सांसद भए पनि तीमध्ये एक जना निलम्बित छन् । नेपाल संघीय समाजवादी पार्टी र राप्रपाका एक–एक सांसद एमाले पक्षमा उभिने देखिए पनि राप्रपाले आफ्ना मन्त्री कञ्चन बिच्छामाथि कारबाही प्रक्रिया अघि बढाइसकेको छ ।

यसअघि एमालेले सबैभन्दा ठूलो दलको हैसियतमा, प्रदेश प्रमुख र सभामुखको सहयोगका आधारमा संविधानको धारा १६८(३) अनुसार सरकार गठन गरेको थियो । तर सो प्रक्रिया असंवैधानिक भएको आरोप लगाउँदै सातदलीय गठबन्धन सर्वोच्च अदालत पुगेको थियो ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर १७, बुधबार ००:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP