मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चीन भ्रमण सकेर स्वदेश फर्किँदै प्रधानमन्त्री ओली

1.6K
SHARES
चीन भ्रमण सकेर स्वदेश फर्किँदै प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सकेर आज स्वदेश फर्किँदै छन् । जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा शाङ्घाई सहयोग संगठन ९एससिओ० शिखर सम्मेलनमा सहभागी हुन पुगेका ओली बुधबार नेपाल फर्किन लागेका हुन् ।

भदौ १४ गते २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तियानजिन पुगेका प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका थिए। उनले शिखर सम्मेलनलाई सम्बोधनसमेत गरेका छन् ।

नेपाल सन् २०१६ देखि एससिओको संवाद साझेदार ९डायलग पार्टनर० रहँदै आएको छ । सन् २००१ मा स्थापना भएको यो संगठन चीन, रूस, भारत, पाकिस्तान, काजकिस्तान, कीर्गिस्तान, ताजिकिस्तान, उज्वेकिस्तान, इरान र बेलारुस गरी १० पूर्ण सदस्य राष्ट्रसहित विश्वकै ठूलो क्षेत्रीय संगठनमध्ये एकका रूपमा विकसित भइसकेको छ । अफगानिस्तान र मङ्गोलिया पर्यवेक्षक राष्ट्र हुन् भने नेपालसहित टर्की, श्रीलङ्का, अजरबैजान, आर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेबिया, कुवेत, मालदिभ्स, म्यानमार, बहराइन र संयुक्त अरब इमिरेट्स संवाद साझेदार रहेका छन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका उपराष्ट्रपति हान झेङसँग बेइजिङमा भेट गरेका थिए । त्यस्तै, उनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, माल्दिभ्सका राष्ट्रपति डा। मोहमद मिज्जु, कम्बोडियाका प्रधानमन्त्री डा। सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओसका प्रधानमन्त्री सोनेसाइ सिपानडोन र भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भने उनले स्वागत समारोहमा सामान्य भेट मात्र गरेका थिए ।

प्रधानमन्त्री ओलीसँग धर्मपत्नी राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, एमाले सांसद छविलाल विश्वकर्मा तथा उच्चस्तरीय सरकारी अधिकारी सहभागी छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १८, बुधबार ०९:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP