मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

देशभर सामान्य मौसम, कुनै उल्लेखनीय प्रणाली सक्रिय छैन

936
SHARES
देशभर सामान्य मौसम, कुनै उल्लेखनीय प्रणाली सक्रिय छैन

काठमाडौं । देशभर हाल कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हालको अवस्थाअनुसार देशका अधिकांश भूभागमा मौसम स्थिर र सामान्य देखिएको छ ।

महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली देखिएको छ भने बाँकी प्रदेशहरूमा आकाश मुख्यतः सफा रहेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा केही बादल लाग्ने सम्भावना छ । तर ती भूभागबाहेक देशका अधिकांश स्थानमा मौसम मुख्यतया खुला र स्थिर रहने महाशाखाको अनुमान छ ।

महाशाखाका अनुसार आज राति पनि कोशी प्रदेशका केही पहाडी भागमा आंशिक बदली रहनेछ । तर बाँकी सबै प्रदेशमा आकाश खुला रहने र कुनै विशेष मौसमी गतिविधि नदेखिने अनुमान गरिएको छ ।

हाल देशभर वर्षा वा हावाहुरी ल्याउने महत्त्वपूर्ण मौसमी प्रणाली सक्रिय नभएको महाशाखाले स्पष्ट गरेको छ । यसले हावापानी सामान्य रहेको र दैनिक क्रियाकलापमा उल्लेखनीय प्रभाव नपर्ने अनुमान गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक २७, बिहीबार ००:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP