मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव, देशभर सामान्य मौसमी स्थिति

2.2K
SHARES
पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव, देशभर सामान्य मौसमी स्थिति

काठमाडौं । नेपालका पश्चिमी भूभागमा हाल पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सो प्रभावका कारण बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदलीको अवस्था रहँदा बाँकी भूभागमा मौसम मुख्यतः सफा रहेको बताइएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका अधिकांश पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराई र अन्य क्षेत्रमा मौसम प्रायः सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना पनि रहेको छ ।

आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने देशका अन्य स्थानमा मौसम सफा रहने अनुमान गरिएको छ ।

मौसमविद्हरूले यात्रु तथा किसानहरूलाई सम्भावित हल्का वर्षा र हिमपातको प्रभावका लागि सतर्क रहन सुझाव दिएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक २०, बिहीबार ००:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP