मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रचण्डको घोषणा: ‘एक नम्बरको पार्टी बन्न कसैले रोक्न सक्दैन’

1.6K
SHARES
प्रचण्डको घोषणा: ‘एक नम्बरको पार्टी बन्न कसैले रोक्न सक्दैन’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई आगामी निर्वाचनमा एक नम्बरको शक्तिशाली राजनीतिक दल बनाउने दृढता व्यक्त गरेका छन् ।

बुधबार भृकुटीमण्डपमा आयोजित एकता घोषणा सभामा बोल्दै उनले भने, “नेपाली कम्युनिस्ट पार्टीलाई एक नम्बरको पार्टी बन्ने बाटोमा कसैले रोक्न सक्दैन । प्रतिक्रियावादीहरूलाई निद्रा नलागेको होला, नलागे नलागोस् । तर यसो भन्दैमा अहङ्कारमा जानु हुँदैन, सबैलाई मिलाएर अघि बढ्नुपर्छ ।”

प्रचण्डले पार्टीभित्र उठिरहेको नेतृत्व हस्तान्तरणको बहसलाई सकारात्मक रूपमा लिएर त्यसलाई ‘नयाँ विचार र विधि’मा रूपान्तरण गर्ने तयारी भइरहेको बताए । उनका शब्दमा, “अहिले सबै पार्टीमा नेतृत्व हस्तान्तरणको बहस चलेको छ । एउटै पदमा बसिरहनु जरुरी छैन । नेतृत्वलाई अन्य भूमिकामा व्यवस्थापन गर्न सकिन्छ । महाधिवेशनसम्म यस विषयमा बहस र छलफल गर्न सकिन्छ ।”

उनले भूमिगत कालको स्मरण गर्दै भने, “मैले नमरेसम्म नेतृत्वमा बसिरहनुपर्छ भन्ने धारणा कहिल्यै राखिनँ । अब समय आएको छ—२१औँ शताब्दीमा कम्युनिस्ट आन्दोलनलाई सधैँ जीवित राख्ने नयाँ विचार र विधि विकास गर्नुपर्छ । यसबारे माधवजी र म निरन्तर छलफलमा छौँ ।”

राष्ट्र गम्भीर सङ्कटमा रहेको बताउँदै प्रचण्डले वामपन्थी एकता त्यसैको समाधानका लागि गरिएको स्पष्ट पारे । उनले एमालेलगायत सबै लोकतान्त्रिक शक्तिसँग सहकार्यका लागि तयार रहेको बताए ।

“राष्ट्र, लोकतन्त्र, गणतन्त्र र राष्ट्रियताको पक्षमा हामी सबैसँग हातेमालो गर्न तयार छौँ,” उनले भने, “वामपन्थी बाहिरका लोकतान्त्रिक शक्तिसँग पनि सहकार्य आवश्यक छ । राष्ट्र सङ्कटमा छ र गणतन्त्र ल्याउन योगदान दिने नेताहरू यहीँ छन् । सबैलाई मिलाएर अघि बढ्न म आग्रह गर्न चाहन्छु ।”



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक १९, बुधबार १२:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP