मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

‘मोन्था’ चक्रवातको प्रभाव कमजोर, देशभर मौसममा सुधार

2.2K
SHARES
‘मोन्था’ चक्रवातको प्रभाव कमजोर, देशभर मौसममा सुधार

काठमाडौं । बङ्गालको खाडीबाट उत्पन्न ‘मोन्था’ चक्रवातको प्रभाव क्रमशः कमजोर हुँदै गएसँगै देशभरको मौसममा सुधार आउन थालेको छ ।

मौसमविद्हरूका अनुसार आजदेखि देशका अधिकांश भू–भागमा मौसम थप स्थिर र सफा हुने अनुमान गरिएको छ, यद्यपि केही स्थानहरूमा आज पनि हल्का वर्षाको सम्भावना कायमै छ ।

पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव अझै केही हदसम्म बलियो रहेको कारण केही स्थानहरूमा बदली यथावत् रहेको छ

जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानहरूमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना छ। विभागले जानकारी दिएको अनुसार, पहाडी भू–भागमा आंशिक बदली रहँदा बाँकी अधिकांश क्षेत्रमा आज मौसम मुख्यतः सफा रहनेछ ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्यतया बदली रहने, मधेस प्रदेशलगायत अन्य पहाडी क्षेत्रहरूमा आंशिक बदली रहने तथा बाँकी भू–भागमा मौसम सफा रहने पूर्वानुमान गरिएको छ । राति भने यी प्रदेशका पहाडी भागमा आंशिक बदली रहने र अन्य प्रदेशमा मौसम सामान्य रूपमा सफा रहनेछ ।

विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना अझै कायम छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक १६, आईतवार ०१:१०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP