मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भारतमाथि नेपालको जित, सावित्राको दुई गोल

3K
SHARES
भारतमाथि नेपालको जित, सावित्राको दुई गोल

काठमाडौं । भारतको सिलोङमा सोमबार सम्पन्न महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले घरेलु टोली भारतलाई २–१ गोलले पराजित गरेको छ । यस जितसँगै नेपालले लामो समयपछि भारतविरुद्ध उल्लेखनीय नतिजा हात पारेको छ ।

नेपालका लागि दुबै गोल स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ले गरिन् । उनले खेलको दोस्रो मिनेटमै गोल गर्दै नेपाललाई अग्रता दिलाइन् । त्यसपछि ६३औं मिनेटमा उनले डिबक्स बाहिरबाट प्रहार गरेको शानदार फ्रिकिक गोलपोस्टमा सिधै प्रवेश भएको थियो ।

भारतले ८१औं मिनेटमा करिश्मा सिर्भोइकरको उत्कृष्ट फिनिसिङमार्फत एक गोल फर्काए पनि त्यसपछि बराबरी गर्न सकेन ।

फिफा विन्डोमा आयोजित यो खेललाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त मैत्रीपूर्ण खेलका रूपमा लिइएको छ ।

नेपालको पहिलो रोजाइमा आज केही परिवर्तन गरिएको थियो । अघिल्लो खेलका गोलकिपर अन्जिला तुम्बापो सुब्बा, डिफेन्डर हिरा कुमार भुजेल र निशा थोकरलाई विश्राम दिइएको थियो भने अन्जना रानामगर, मनमाया दमाई र दीपा शाही आजको खेलमा समावेश भए ।

यसअघि नेपालले इरानसँगको पहिलो मैत्रीपूर्ण खेलमा ३–० को हार ब्यहोरेको थियो ।

नेपाल र भारतबीच करिब एक वर्षपछि प्रतिस्पर्धा भएको हो । अघिल्लो भेट काठमाडौंको दशरथ रंगशालामा भएको साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा भएको थियो, जसमा निर्धारित समयको बराबरीपछि नेपालले पेनाल्टी सुटआउटमा ४–२ ले जितेको थियो । सो खेलमा पनि सावित्राले बराबरी गोल गरेकी थिइन् ।

अहिलेसम्म नेपाल र भारतबीच १९ खेल भएका छन् । तीमध्ये नेपालले ३ खेलमा जित, भारतले ११ खेलमा जित, र ५ खेल बराबरी खेलेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक १०, सोमबार १४:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP