मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

साकाको ह्याट्रिकमा फ्रान्समाथि इंग्ल्यान्डको शानदार जित, विश्वकपमा तेस्रो स्थान कब्जा

429
SHARES
साकाको ह्याट्रिकमा फ्रान्समाथि इंग्ल्यान्डको शानदार जित, विश्वकपमा तेस्रो स्थान कब्जा

काठमाडौं । फिफा विश्वकप २०२६ मा इंग्ल्यान्डले फ्रान्सलाई रोमाञ्चक खेलमा ६–४ ले पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ । आइतबार बिहान मियामी स्टेडियममा सम्पन्न तेस्रो स्थानको प्रतिस्पर्धामा इंग्ल्यान्डले आक्रामक प्रदर्शन गर्दै ऐतिहासिक जित दर्ता गरेको हो ।

इंग्ल्यान्डका लागि बुकायो साका नायक बने । उनले तीन गोल गर्दै ह्याट्रिक पूरा गरे । खेलको तेस्रो मिनेटमै डेक्लान राइसले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए भने १८औँ मिनेटमा एजब्री कोन्शाले हेडमार्फत दोस्रो गोल थपे । त्यसपछि शाकाले ३७औँ मिनेट र पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै पहिलो हाफ सकिँदासम्म इंग्ल्यान्डलाई ४–० को बलियो अवस्थामा पुर्‍याए ।

दोस्रो हाफमा भने फ्रान्सले उत्कृष्ट पुनरागमनको प्रयास गर्‍यो । कप्तान किलियन एमबाप्पेले ४८औँ मिनेटमा पहिलो गोल फर्काए भने ब्राडली बारकोलाले ५४औँ मिनेटमा अर्को गोल गर्दै अन्तर घटाए । ६६औँ मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल ४–३ को रोमाञ्चक अवस्थामा पुगेको थियो ।

तर ८७औँ मिनेटमा प्राप्त पेनाल्टी अवसरलाई शाकाले सदुपयोग गर्दै आफ्नो ह्याट्रिक पूरा गरे र इंग्ल्यान्डको अग्रता फेरि दुई गोलमा पुर्‍याए । इन्जुरी समयमा उस्मान डेम्बेलेले फ्रान्सका लागि चौथो गोल गरे पनि त्यसको केहीबेरमै जुड बेलिंघमले गोल गर्दै इंग्ल्यान्डको ६–४ को प्रभावशाली जित सुनिश्चित गरे ।

सन् १९६६ मा पहिलोपटक विश्वकप उपाधि जितेको इंग्ल्यान्डले त्यसयता पहिलो पटक विश्वकपमा तेस्रो स्थान हासिल गरेको हो । यसअघि सन् २०१८ को विश्वकपमा इंग्ल्यान्ड चौथो स्थानमा सीमित भएको थियो ।



अगुल्टो अगुल्टो   
  • २०८३ श्रावण ३, आईतवार ००:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP