मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विश्वकप छनोटको टक्कर, नेपाल-ओमान आमनेसामने

3.7K
SHARES
विश्वकप छनोटको टक्कर, नेपाल-ओमान आमनेसामने

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्स अन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेलमा ओमानको सामना गर्दैछ ।

यो अत्यन्तै निर्णायक खेल नेपाली समयअनुसार बेलुका ८ः४५ बजे ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मैदानमा सुरु हुनेछ ।

नेपाल र ओमान दुवै टोली अहिलेसम्म प्रतियोगितामा अपराजित रहेका छन् । आजको खेलले दुबैका लागि विश्वकपमा स्थान सुरक्षित गर्ने सुनौलो मौका हो ।

जुन टोली आज विजयी हुन्छ, उसले सिधै टी(२० विश्वकप २०२६ मा स्थान पक्का गर्नेछ । पराजित टोलीका लागि शुक्रबारको अन्तिम खेल निर्णायक हुनेछ ।

नेपालले सुपर सिक्स चरणमा आइतबार यूएईलाई १ रनले हरायो भने सोमबार कतारलाई ५ रनले पराजित गर्‍यो ।

नेपालले समूह चरणमा पनि बलियो प्रदर्शन गर्दै जापानलाई ५ विकेटले पराजित गर्यो भने कुवेतलाई ५८ रनले हराएको थियो । यही लयलाई कायम राख्दै आज ओमानमाथि पुनः जित निकाल्ने लक्ष्यमा नेपाली टोली रहेको छ ।

ओमानले पनि सुपर सिक्समा कतार, यूएईमाथि जित हासिल गर्‍यो । ओमान पनि निरन्तर जितसँगै आत्मविश्वासका साथ मैदानमा उत्रिनेछ ।

छनोट सुरु हुनुअघि भएको वार्म अप खेलमा नेपालले ओमानलाई ६ विकेटले हराएको थियो । यसले पनि नेपाली टोलीलाई मनोबल मिलाउनेछ ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र ओमानबीच अहिलेसम्म ८ पटक भिडन्त भएको छ । नेपालले ५ खेलमा जित निकालेको छ भने ओमानले ३ खेल, जसमध्ये एक सुपर ओभरमा जितेको थियो । यस आँकडाले नेपाललाई मनोवैज्ञानिक बढ़त दिनेछ ।

आजको खेलपछि नेपालले सुपर सिक्सको अन्तिम खेल शुक्रबार सामोआसँग खेल्नेछ । यदि आजको खेलमा जित हात पर्‍यो भने, त्यो खेल केवल औपचारिकता हुनेछ ।

नेपाल आजको खेल जिते विश्वकपको यात्रा सुरक्षित हुनेछ । ओमान पनि त्यही लक्ष्य लिएर मैदानमा उत्रनेछ ।

यस कारण आजको भिडन्त अत्यन्त प्रतिस्पर्धात्मक, रोमाञ्चक र दबाबपूर्ण हुने निश्चित छ ।

सारा नेपाली दर्शकको ध्यान आजको रात ओमानतिर हुनेछ— जहाँ एक जितले विश्वकपको ढोका खोली दिनेछ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन २९, बुधबार ०४:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP