मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

यूएईमा कार्यरत नेपालीलाई नियम पालना गर्न नेपाली दूतावासको आग्रह

2.6K
SHARES
यूएईमा कार्यरत नेपालीलाई नियम पालना गर्न नेपाली दूतावासको आग्रह

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका नेपाली नागरिकलाई त्यहाँको कानून, नियम र सामाजिक मर्यादाको पूर्ण पालना गर्न नेपाली राजदूतावास, अबुधाबीले आग्रह गरेको छ ।

मंगलबार एक अत्यन्त जरुरी सूचना जारी गर्दै दूतावासले यूएईमा विभिन्न पेशा तथा व्यवसायमा कार्यरत नेपालीहरूलाई मर्यादित, अनुशासित, इमान्दार र कर्तव्यनिष्ठ रहन आग्रह गरेको हो । साथै, आफू बसोबास गरिरहेको देशको कानून, मूल्य मान्यता र सामाजिक अनुशासनको सम्मान गर्न पनि आग्रह गरिएको छ ।

दूतावासका अनुसार हालका दिनमा यूएईमा रहेका केही नेपाली मादक पदार्थको सेवन, झैझगडा, बैंकिङ्ग कसुर, आपसी नगद लेनदेन, लागुऔषध ओसारपसार, इमिरेट्स आइडीको दुरुपयोग, साइबर अपराध, अध्यागमन तथा ट्राफिक नियमको उल्लंघन, र फ्रिल्यान्स भिसाको प्रलोभनजस्ता गतिविधिमा संलग्न भएर समस्यामा पर्ने क्रम बढिरहेको छ ।

‘यी सबै क्रियाकलाप यूएईको कडा कानूनअनुसार दण्डनीय छन्’, दूतावासले स्पष्ट पारेको छ, ‘यसैले सम्पूर्ण नेपाली समुदायले यस्ता गतिविधिबाट टाढा रहन र विशेष सावधानी अपनाउनुपर्छ ।’

दूतावासले पछिल्लो समय ‘जेनजी आन्दोलन’पछि यूएईले नेपालीहरूका लागि भिजिट भिसा रोक लगाउनुका साथै वर्किङ भिसामा कडाइ गरेको पनि जानकारी दिएको छ ।

राजदूतावासले नेपाली समुदायलाई युएईमा आफ्नो इज्जत, सुरक्षाको रक्षा गर्नुका साथै नेपाल र नेपालीको छविमा आँच आउन नदिन विशेष ध्यान दिन आग्रह गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन ८, बुधबार ००:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP