मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौं उपत्यका प्रहरी प्रमुखमा दानबहादुर कार्की नियुक्त

2.9K
SHARES
काठमाडौं उपत्यका प्रहरी प्रमुखमा दानबहादुर कार्की नियुक्त

काठमाडौं । काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा नयाँ प्रमुख नियुक्त गरिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार अब उपत्यकाको नेतृत्व एआईजी दानबहादुर कार्कीले गर्ने भएका छन् ।

यसअघि निमित्त प्रमुखका रूपमा जिम्मेवारी सम्हालिरहेका डीआईजी ओम रानाको स्थानमा कार्कीलाई जिम्मेवारी दिइएको हो । कार्की यसअघि मानवस्रोत विकास विभागको प्रमुख थिए ।

एआईजी टेक तामाङ अवकाशमा गएपछि उपत्यका प्रहरी कार्यालय केही समयदेखि निमित्तको भरमा थियो । एआईजी दरबन्दी तोकिएको कार्यालयमा डीआईजी राना कार्यरत थिए ।

हिजो जेनजीले गरेको प्रदर्शनका क्रममा काठमाडौंमा १७ र सुनसरीमा २ युवाको मृत्यु भएपछि सरकार र प्रहरीमाथि चर्को आलोचना भएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २४, मंगलवार ०५:२३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP