मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फागुन २१ मै निर्वाचन हुनुपर्छ : डा. कोइराला

2.1K
SHARES
फागुन २१ मै निर्वाचन हुनुपर्छ : डा. कोइराला

काठमान्डु । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले फागुन २१ गते तोकिएकै मितिमा निर्वाचन हुनैपर्ने स्पष्ट धारणा व्यक्त गरेका छन् । उनले निर्वाचन लोकतन्त्रको आधार भएकाले यसमा कुनै पनि ढिलाइ स्वीकार्य नहुने बताए ।

आफ्नो निर्वाचन क्षेत्र मोरङ–६ अन्तर्गत सुन्दरहरैंचा नगरपालिका–४ मा स्थानीय नेता तथा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा बोल्दै कोइरालाले पार्टी पंक्तिलाई निर्वाचनको तयारीमा जुट्न निर्देशन दिए । कांग्रेस निर्वाचनका लागि पूर्ण रूपमा तयार र उत्सुक रहेको उनको भनाइ थियो ।

कोइरालाले संविधानको रक्षा र मुलुकलाई संक्रमणबाट जोगाउने मुख्य माध्यम नै निर्वाचन भएको उल्लेख गरे । “प्रजातन्त्रको जग निर्वाचन हो,” उनले भने, “संविधान बचाउने र देशलाई अस्थिरताबाट जोगाउने काम निर्वाचनले मात्रै गर्छ ।”

तर, सरकारको तयारीप्रति उनले गम्भीर आशंका व्यक्त गरे । “हामी त निर्वाचनको मिति कुरेर बसेका छौँ,” उनले भने, “तर सरकारको तयारी हेर्दा निर्वाचन समयमै हुने हो कि होइन भन्ने शंका जन्मिएको छ ।”

सरकारले निर्वाचनको अनुकूल वातावरण बनाउन नसकेको आरोप लगाउँदै कोइरालाले सुरक्षा र कानुनी अवस्थाप्रति प्रश्न उठाए । “केही दलका नेतालाई काठमाडौँ बाहिर जान दिइएको छैन, लुटिएका हतियार बाहिर छन्, कैदीहरू बाहिर छन्,” उनले भने, “यी विषयमा सरकारले के सोचेको छ ?”

उनले निष्पक्ष, स्वतन्त्र र सुरक्षित वातावरणमा निर्वाचन सुनिश्चित गर्न सरकारलाई गम्भीर हुन आग्रह गर्दै कांग्रेस त्यसका लागि सशक्त रूपमा लाग्ने बताए ।



अगुल्टो अगुल्टो   
  • २०८२ पुष ४, शुक्रबार ०६:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP