मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

शीर्षकलाई लिएर ‘लुसिफर राइजिङ’ विवाद सिर्जना भएको अनुमान

364
SHARES
शीर्षकलाई लिएर ‘लुसिफर राइजिङ’ विवाद सिर्जना भएको अनुमान

काठमाडौं । थापागाउँस्थित एक थिएटर नेपालमा मञ्चन भइरहेको नाटक ‘लुसिफर राइजिङ’ आइतबार अचानक रोकियो । नाटक निर्माण संस्था मझुवा बगरले सार्वजनिक सूचना जारी गर्दै राजनीतिक दबाब र धम्कीका कारण शो स्थगित गर्नुपरेको जनाएको हो ।

संस्थाले जारी गरेको सूचनामा ‘अज्ञात राजनीतिक व्यक्ति, समूह तथा प्रवृत्तिबाट आएको दबाब’का कारण नाटक निरन्तर मञ्चन गर्न असहज भएको उल्लेख गरिएको छ । साथै, नाटक हेर्न आउने दर्शकमा परेको असुविधाप्रति क्षमायाचना पनि गरिएको छ ।

‘लुसिफर’ शब्दकै कारण विवाद ?
नाटक रोकिएको विषयमा आधिकारिक रूपमा कसैको नाम सार्वजनिक गरिएको छैन । तर, पछिल्लो समय ‘लुसिफर’ शब्दलाई प्रधानमन्त्री बालेन्द्र शाहका आलोचकहरूले व्यंग्यात्मक रूपमा प्रयोग गर्दै आएका कारण यही शीर्षकलाई लिएर विवाद सिर्जना भएको अनुमान गरिएको छ ।

कलाक्षेत्रका धेरै व्यक्तिहरूले यसलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेपका रूपमा व्याख्या गरेका छन् । सामाजिक सञ्जालमा कलाकार र नाट्यकर्मीहरूले खुलेर असन्तुष्टि व्यक्त गरिरहेका छन् ।

कलाकारहरूको आपत्ति
वरिष्ठ नाट्यकर्मी अनुप बरालले घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत कला र सिर्जनामाथि राजनीतिक प्रभाव अस्वीकार्य भएको बताएका छन् । उनका अनुसार कला समाज र सत्तालाई प्रश्न गर्ने माध्यम भएकाले त्यसलाई दबाउने प्रयास लोकतान्त्रिक मूल्यविरुद्धको कदम हो ।

उनको धारणा नाट्यकर्मी दिया मास्केले पनि सामाजिक सञ्जालमा साझा गरेकी छन् ।

यस्तै, अर्का नाट्यकर्मी राज शाहले नेपाली रंगमञ्च कुनै दबाब वा धम्कीमा नझुक्ने बताएका छन् । उनले विगतमा पञ्चायतकालमा नाटकमाथि हुने सेन्सर र दमनका घटना सम्झिँदै अहिले पनि कलाकारले उस्तै दबाब भोग्नुपरेको टिप्पणी गरेका छन् ।

धम्कीबारे थिएटर सञ्चालकको भनाइ
सौजन सेनेहाङले भने नाटक किन रोकियो भन्नेबारे आफूलाई पूर्ण जानकारी नभएको बताएका छन् । उनका अनुसार आइतबार बिहान निर्देशक सहलेसलाई अज्ञात नम्बरबाट धम्कीपूर्ण फोन आएको र त्यसपछि कलाकारहरूसँग छलफल गरी मञ्चन रोक्ने निर्णय गरिएको हो ।

उनले ‘लुसिफर’ शब्दकै विषयलाई लिएर सुरुदेखि नै केही व्यक्तिहरूले असन्तुष्टि जनाउँदै आएको पनि बताए । यद्यपि धम्की सरकारी पक्षबाट आएको हो वा अन्य कुनै समूहबाट, त्यो स्पष्ट नभइसकेको उनको भनाइ छ ।

के हो ‘लुसिफर राइजिङ’ ?
‘लुसिफर राइजिङ’ शक्तिशाली व्यक्तिहरूको गतिविधि र त्यसले समाजमा पार्ने प्रभावमाथि आधारित नाटक हो । निर्देशक सहलेसद्वारा लिखित तथा निर्देशित यो नाटक जेठ १ गतेदेखि मञ्चन भइरहेको थियो ।

नाटकले भदौ २३ को ‘जेनजी आन्दोलन’को पृष्ठभूमिमा एउटा सुकुम्बासी बस्तीमा महिलामाथि भएका घटनालाई केन्द्रमा राखेको छ । कथामा शक्ति, भय, राक्षसी प्रवृत्ति र मानिसभित्रको अन्तरद्वन्द्वलाई प्रस्तुत गरिएको छ ।

नाटकमा अनोज पाण्डे, बुद्धिराम चौधरी, मिलनबहादुर खड्का, सुब्रतराज सिलवाललगायत कलाकारको अभिनय रहेको थियो । यो नाटक जेठ २० गतेसम्म मञ्चन गर्ने तयारी थियो ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ ११, सोमबार १२:३२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP