मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कोशी सरकार सञ्चालनका लागि सत्तारुढ दलको न्यूनतम साझा कार्यक्रम

312
SHARES
कोशी सरकार सञ्चालनका लागि सत्तारुढ दलको न्यूनतम साझा कार्यक्रम

काठमाडौं । कोशी प्रदेश सरकार सञ्चालनका लागि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले न्यूनतम साझा कार्यक्रम तयार गरेका छन् । सरकार गठनका क्रममा दुई दलबीच भएको सहमतिअनुसार साझा कार्यक्रम निर्माण गरिएको हो ।

कार्यक्रम तयार गर्न गठित कार्यदलले विभिन्न विषयमा सहमति जुटाउँदै सरकारका आगामी नीति, प्राथमिकता र प्रतिबद्धता समेटिएको प्रतिवेदन मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई बुझाएको छ ।

कार्यदलमा नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो, मन्त्री तिलचन पाठक, सांसदहरू बाबुराम गौतम, गणेश उप्रेती र रेवतीरमण भण्डारी तथा एमाले प्रदेश कमिटी सचिव राजकुमार भण्डारी सहभागी थिए ।

साझा कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई प्रदेशका सबै मन्त्रालय तथा निकायको कामको अनुगमन गर्न सक्ने प्रविधिमैत्री केन्द्रका रूपमा विकास गर्ने योजना समेटिएको छ । अन्तरमन्त्रालय समन्वयलाई कानुनी आधारमा थप प्रभावकारी बनाउने तथा २०८० सालअघि बनेका ऐन–नियमको समीक्षा गरी चालु आर्थिक वर्षभित्र आवश्यक परिमार्जन र एकीकरण गर्ने लक्ष्य पनि राखिएको छ ।

स्वास्थ्य क्षेत्र सुधारलाई पनि साझा कार्यक्रममा विशेष प्राथमिकता दिइएको छ । प्रदेशका प्रत्येक जिल्लामा रहेका प्रादेशिक अस्पताललाई कम्तीमा ५० शय्याको बनाउने लक्ष्यसहित पहिलो त्रैमासिकभित्रै संगठन तथा व्यवस्थापन (ओएण्डएम) सर्वेक्षण पूरा गर्ने योजना अघि सारिएको छ ।

धनकुटा प्रादेशिक अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गर्ने तथा मेची प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा अघि बढाउने प्रक्रिया तत्काल सुरु गर्ने कार्यक्रम पनि समेटिएको छ ।

अस्पतालमा स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन आइतबारको सार्वजनिक बिदामा समेत अतिरिक्त सुविधा उपलब्ध गराएर कर्मचारी परिचालन गर्ने व्यवस्था मिलाउने योजना छ । यसबाहेक प्रदेशमा विशिष्टीकृत जलन उपचार युनिट स्थापना गर्ने विषयलाई पनि न्यूनतम साझा कार्यक्रमको प्राथमिकतामा राखिएको छ ।

हेर्नुहोस् पूर्णपाठ:



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र २३, मंगलवार ००:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP