मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बालेन शाहको जेन–जेड आन्दोलनप्रति समर्थन

2.1K
SHARES
बालेन शाहको जेन–जेड आन्दोलनप्रति समर्थन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भोलि हुने ‘जेन–जेड (Gen Z) आन्दोलन’लाई समर्थन गरेका छन् ।

नवीन पुस्ता अर्थात् जेन–जेड (सन १९९७ देखि २०१२ बीच जन्मिएका) ले दलीय भ्रष्टाचार र अव्यवस्थाविरुद्ध संसद् भवन नयाँ बानेश्वर र माइतीघर मण्डलाबाट प्रदर्शन सुरु गर्न लागेको छ ।

मेयर बालेनले सामाजिक सञ्जालमार्फत भोलिको आन्दोलनप्रति आफ्नो भरपुर समर्थन व्यक्त गर्दै, यो स्वतःस्फूर्त कार्यक्रम भएकाले कुनै पार्टी वा नेताले यसलाई आफ्नो स्वार्थका लागि प्रयोग नगर्न आग्रह गरेका छन् ।

बालेनले लेखेका छन्, “भोलिको र्‍याली स्पष्ट रूपमा जेन–जेड पुस्ताको हो। उनीहरू २८ वर्ष मुनिका हुन्, जसका लागि म पनि अझै बुढो देखिन्छु । मलाई उनीहरूको उद्देश्य, सोच बुझ्न मन छ । म उमेर हदबन्दीका कारण उपस्थित हुन पाउने छैन तर मेरो पूर्ण समर्थन छ ।”

बालेनले जेन–जी पुस्तालाई खुला प्रश्न गर्दै भनेका छन्, “प्रिय Gen Z, भन्नुस् तपाईँहरूले कस्तो देश देख्न चाहनुहुन्छ ?”



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २२, आईतवार १०:५८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP