मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

आज समानुपातिक बन्दसूची बुझाउने अन्तिम दिन

2.6K
SHARES
आज समानुपातिक बन्दसूची बुझाउने अन्तिम दिन

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीका लागि राजनीतिक दलहरूले बन्दसूची पेस गर्ने आज अन्तिम दिन रहेको छ ।

निर्वाचन आयोगले तय गरेको कार्यतालिकाअनुसार आजसम्म दर्ता भएका दलहरूले आफ्नो बन्दसूची आयोगमा बुझाउनुपर्ने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार पुस १३ र १४ गतेसम्म प्राप्त भएका समानुपातिक बन्दसूचीहरू पुस १५ देखि २० गतेसम्म छानबिन गरिनेछ । छानबिनपछि पुस २१ देखि २७ गतेसम्म दलहरूलाई सूचीमा देखिएका त्रुटि सच्याउन समय दिइने आयोगको कार्यतालिका छ ।

त्यसपछि पुस २८ देखि माघ ३ गतेसम्म मिलाइएका बन्दसूची पुनः परीक्षण गरिनेछ । आयोगले माघ ४ गते प्रारम्भिक बन्दसूची सार्वजनिक गर्नेछ भने माघ २० गते अन्तिम बन्दसूची प्रकाशन गरिने प्रवक्ता भट्टराईले बताए ।

यस निर्वाचनमा समानुपातिक प्रणालीतर्फ सहभागी हुन एक सय राजनीतिक दल दर्ता भएका छन्, जसले ९३ फरक–फरक निर्वाचन चिह्न प्रयोग गर्नेछन् ।

आइतबार दिउँसोसम्म तीन वटा राजनीतिक दलले आयोगमा बन्दसूची बुझाइसकेका छन् । ती दलहरूले जम्मा १३४ जनाको नामावली पेस गरेको आयोगले जनाएको छ ।

प्रवक्ता भट्टराईले कानुनी व्यवस्थाअनुसार विभिन्न समुदाय र समूहको प्रतिनिधित्व सुनिश्चित हुने गरी दलहरूले नामावली मिलाएर पठाउने विश्वास व्यक्त गरे । त्यसका लागि आयोगले राजनीतिक दलहरूलाई आवश्यक अभिमुखीकरणसमेत गरिसकेको उनले बताए ।



अगुल्टो अगुल्टो   
  • २०८२ पुष १४, सोमबार ००:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP