मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

झुम्का कारागारमा चार दिनमै तीन कैदीको मृत्यु, अज्ञात रोगको त्रास

1.9K
SHARES
झुम्का कारागारमा चार दिनमै तीन कैदीको मृत्यु, अज्ञात रोगको त्रास

सुनसरी । अज्ञात रोगको प्रकोपका कारण सुनसरीको झुम्का कारागारमा चार दिनभित्र तीन कैदीबन्दीले ज्यान गुमाएका छन् ।

कैदीबन्दीहरूमा उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या र वान्ता हुने लक्षण देखिएपछि उपचारको क्रममा मृत्यु भएको हो । सुनसरीका प्रहरी प्रमुख एसपी सुमन तिम्सिनाका अनुसार पछिल्लो पटक बुधबार दिउँसो बेहोस भएका सप्तरीको राजविराज–८ का ४६ वर्षीय जलेश्वर यादवलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइए पनि साँझ निधन भएको हो । यादव जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका थिए ।

यसअघि भदौ १५ गते ४८ वर्षीय रामदेव उराव र भदौ १६ गते २४ वर्षीय सागर राईको मृत्यु भएको थियो । उराव कर्तव्य ज्यान मुद्दामा कैद काटिरहेका थिए भने राई लागूऔषध मुद्दामा पुर्पक्षका लागि कारागारमा थिए ।

हाल उच्च ज्वरोका कारण १३ कैदी धरानस्थित विपी प्रतिष्ठानमा उपचाररत छन् । कैदीहरूमा विरामी बढ्न थालेपछि जिल्ला सुरक्षा समिति सुनसरीले अनुगमन गरी बुधबार रातिदेखि स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

झुम्का कारागारमा हाल १७ सय ९५ जना कैदी रहेको कारागार प्रशासनले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १९, बिहीबार ०४:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP