मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नेपाल प्रहरीमा १९ भदौदेखि चार एआईजी पद रिक्त, नौ डीआईजीबीच प्रतिस्पर्धा

2.2K
SHARES
नेपाल प्रहरीमा १९ भदौदेखि चार एआईजी पद रिक्त, नौ डीआईजीबीच प्रतिस्पर्धा

काठमाडौं । नेपाल प्रहरीमा आगामी भदौ १९ गतेदेखि अतिरिक्त महानिरीक्षक (एआईजी)का चार पद रिक्त हुने भएका छन् । नयाँ आईजी नियुक्त भएसँगै प्रहरी संगठनमा ठूलो पदस्थापन चक्र सुरु हुने संकेत देखिएको छ ।

सरकारले हालै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख चन्द्रकुबेर खापुङलाई नेपाल प्रहरीको ३२औँ महानिरीक्षक (आईजी) बनाइसकेको छ । खापुङले आईजीको पदभार सम्हाल्ने दिनदेखि सीआईबीको नेतृत्वसमेत खाली हुनेछ ।

यसैगरी, हालका आईजी दीपक थापा ३० वर्षे सेवा अवधि पूरा गर्दै १८ भदौको राति १२ बजेदेखि अवकाशमा जाने भएका छन् । थापासँगै उनका ब्याचका एआईजी सन्दीप भण्डारी र टेकबहादुर तामाङ पनि एकैपटक सेवामुक्त हुँदैछन् ।

यता अर्का एआईजी कृष्णहरि शर्मा पोखरेल आज (शनिबार) देखि नै अवकाशमा जाने भएकाले उनलाई शुक्रबार नै प्रधान कार्यालयमा बिदाइ गरिएको छ । यससँगै भण्डारी, तामाङ, शर्मा र हाल आईजी बनेका खापुङको पद रिक्त हुने निश्चित भएको हो ।

नौ डीआईजीबीच बढुवाको प्रतिस्पर्धा
चार एआईजी पद रिक्त भएपछि नौ जना डीआईजीबीच बढुवाको प्रतिस्पर्धा हुनेछ । प्रतिस्पर्धामा रहेका डीआईजीहरूमा सुशिलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ, डम्बरबहादुर बिक, ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलिया छन् ।

मन्त्रिपरिषद्को निर्णयले टुंगो लगाउने
भदौ १९ पछि बस्ने मन्त्रिपरिषद्को बैठकले यी नौ डीआईजीमध्ये चार जनालाई एआईजीमा बढुवा गर्नेछ । बढुवापछि नयाँ पदस्थापनसमेत हुने भएकाले प्रहरी संगठनमा नेतृत्व तहमा ठूलो चलायमान देखिने अपेक्षा गरिएको छ ।

यसरी एउटै समयमा चार एआईजी पद रिक्त हुनु नेपाल प्रहरीको हालसम्मकै ठूलो पदस्थापन चक्रमध्ये एक मानिएको छ । यसले आगामी दिनमा प्रहरी संगठनको नेतृत्व संरचनामा महत्वपूर्ण प्रभाव पार्ने अनुमान गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १४, शनिबार ०६:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP