मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

देशभर सामान्य बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

1.4K
SHARES
देशभर सामान्य बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पश्चिमी क्षेत्रमा सरदर स्थानको आसपासमा अवस्थित छ ।

यसको प्रभावस्वरूप देशभर सामान्यतया बदलीको अवस्था रहेको छ । बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

शुक्रबार देशका पहाडी भू-भागका केही स्थानहरूमा र तराई भू(भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै, कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि रहेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १३, शुक्रबार ०२:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP