मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रुबी साह हत्याकाण्ड : आरोपी लक्ष्मण पासवानको मृत्यु

3.2K
SHARES
रुबी साह हत्याकाण्ड : आरोपी लक्ष्मण पासवानको मृत्यु

काठमाडौं । रौतहटमा सुटकेसभित्र मृत अवस्थामा फेला परेकी रुबी साहको हत्याका मुख्य आरोपी लक्ष्मण पासवानको मृत्यु भएको छ ।

पासवानलाई गम्भीर रूपमा जलेको अवस्थामा फेला पारिएपछि कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि ल्याइएको थियो । तर जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदीप चन्दका अनुसार, बुधबार उपचारका क्रममा उनको मृत्यु भएको हो ।

पासवान रौतहटको माधवनारायण नगरपालिका–६, माधोपुरबाट पश्चिमतर्फको बगैंचा हुँदै बिसुनपुरवा–मानपुर जाने बाटोमा घाइते अवस्थामा भेटिएका थिए । प्रहरी अनुसन्धान अनुसार उनले आत्मदाहको प्रयास गरेका थिए ।

गत शनिबार गौर बजार जान भन्दै डेराबाट निस्किएकी रुबी साहको शव सुटकेसमा प्याक गरिएको अवस्थामा फेला परेको थियो । अनुसन्धानको क्रममा लक्ष्मण पासवानमाथि हत्या आरोप लागेको थियो ।

पासवान बुधबार बिहान करिब साढे ६ बजे माधवनारायण नगरपालिका–६ स्थित नहर अगाडि पेट्रोल छर्केर आफैँलाई आगो लगाएको अवस्थामा फेला परेका थिए ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ११, बुधबार १४:२०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP