मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भारत–चीन समझौतामाथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको आपत्ति

1.3K
SHARES
भारत–चीन समझौतामाथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको आपत्ति

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले भारत र चीनले नेपालप्रति हेपाहा प्रवृत्ति देखाएको आरोप लगाएको छ ।

पार्टीले आज सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, “नेपालको अभिन्न भूभाग कालापानी र लिपुलेक हुँदै भारत र चीनबीच व्यापारमार्ग विस्तार गर्ने हालैको समझौताप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।”

विज्ञप्तिमा नेपाललाई पूर्ण बेवास्ता गरी नेपाली भूमिबाट व्यापारमार्ग खोल्ने निर्णयलाई नेपालको सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डतामाथि प्रत्यक्ष हस्तक्षेप गरिएको भन्दै आपत्ति जनाइएको छ ।

सो पार्टीले यस विषयमा जोडदार आवाज उठाउन सबै देशभक्त नेपालीलाई आह्वान गर्दै समस्या समाधानका लागि नेपाल सरकारमाथि दबाब सिर्जना गर्न आग्रह गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ५, बिहीबार ०४:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP