मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गुडिरहेको माइक्रोमाथि रुख खस्दा ७ जना घाइते

1.6K
SHARES
गुडिरहेको माइक्रोमाथि रुख खस्दा ७ जना घाइते

काठमाडौं । गुडिरहेको माइक्रोमाथि रुख बजारिँदा सात यात्रु घाइते भएका छन् । धादिङको गजुरी–५, जोरखोला भन्ने स्थानमा माथिबाट आएको पहिरो सहितको रुखले लागेर यात्रु घाइते भएका हुन् ।

पहिरोसँगै रुख ढलेर माइक्रोबसमाथि बजारिएको थियो । धादिङको सदरमुकाम धादिङबेसीबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको ईभी माइक्रोमाथि रुख बजारिएको हो ।

घाइतेहरुलाई उपचारका लागि गजुरी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । प्रहरीका अनुसार माइक्रो बसमा सवार यात्रुमध्ये ७ जना घाइते भएका हुन् ।

माइक्रो बसमाथि रुख बजारिएपछि अवरुद्ध भएको सडक खुलाउने काम भइरहेको छ भने घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।



अगुल्टो अगुल्टो   
  • २०८१ श्रावण २१, सोमबार ०५:०७
  • #अवरुद्ध #गुडिरहेको #प्रहरी

    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP