मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रतिनिधिसभामा आज बैठक, ओलीले प्रश्नको जवाफ दिने

1.1K
SHARES
प्रतिनिधिसभामा आज बैठक, ओलीले प्रश्नको जवाफ दिने

काठमाडौं । सङ्घीय संसद्‍को प्रतिनिधिसभा बैठक आज अपराह्न १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएको छ ।

बैठकमा प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार सांसदहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिने कार्यसूची तय गरिएको छ ।

यस्तै, बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक, २०८२ माथि ‘विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

त्यसैगरी मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावसमेत पेश हुने कार्यसूची छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ४, बुधबार ०५:१४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP