मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

२१ दिनभित्र बक्यौता बुझाउन विद्युत प्राधिकरणको अल्टिमेटम

1.8K
SHARES
२१ दिनभित्र बक्यौता बुझाउन विद्युत प्राधिकरणको अल्टिमेटम

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाइन मार्फत विद्युत उपयोग गर्ने उद्योगीहरूलाई बक्यौता तिर्न २१ दिने समयसीमा तोकेको छ । आइतबार सार्वजनिक गरेको सूचनामा प्राधिकरणले आगामी कात्तिक १७ भित्र बाँकी रकम बुझाउन निर्देशन दिएको हो ।

२०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधि सम्मको विद्युत महसुल नबुझाएका ग्राहकहरूले तोकिएको म्यादभित्र भुक्तानी गर्नुपर्ने प्राधिकरणले स्पष्ट पारेको छ । यसअघि प्रशासकीय पुनरावलोकनका लागि जेठ २०८२ सम्म निवेदन दिन सकिने व्यवस्था थियो, जसअन्तर्गत २०८२ वैशाख २६ र ३० गते सूचना प्रकाशित गरिएको थियो ।

प्राधिकरण सञ्चालक समितिको १० असोजको निर्णयअनुसार पुनरावलोकनसम्बन्धी सम्पूर्ण प्रक्रिया बन्द गरिएको तथा अब पूर्वनिर्धारित शुल्ककै आधारमा बक्यौता बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

साथै, गोरखापत्रमा २९ कात्तिक २०८१ मा प्रकाशित सूचनाअनुसार टीओडी मिटरमा रेकर्ड भएको माग (डिमाण्ड) र इनर्जी खपतका आधारमा गणना गरिएको बिलअनुसार रकम तिर्नुपर्ने प्राधिकरणले जनाएको छ ।

उद्योगीहरूले चाहेका खण्डमा २८ किस्तासम्म किस्ताबन्दी सुविधा उपलब्ध गराइने व्यवस्था पनि गरिएको छ । तोकिएको अवधिभित्र बक्यौता नबुझाए कानूनी कारबाही अघि बढाइने चेतावनी प्राधिकरणले दिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन १२, आईतवार ०८:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP