मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

देशैभर बाढी–पहिरोको असरः १२ सडक पूर्ण रूपमा ठप्प, १४१ ठाउँमा एकतर्फी आवागमन

2K
SHARES
देशैभर बाढी–पहिरोको असरः १२ सडक पूर्ण रूपमा ठप्प, १४१ ठाउँमा एकतर्फी आवागमन

काठमाडौं । निरन्तरको मनसुन वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभर १२ वटा सडक पूर्ण रूपमा अबरुद्ध हुनुका साथै १४१ स्थानमा सवारी एकतर्फी मात्र संचालन भएको सडक विभागले जनाएको छ ।

विभागका अनुसार मंगलबार बिहान हुम्लाको कटकुना र पैमा खोलामा पहिरो जाँदा कर्णाली करिडोरअन्तर्गत खुलालु–सल्लिसल्ला सडक ठप्प बनेको छ । त्यसैगरी, दार्चुलाको रानीबासमा पहिरो खस्दा दार्चुला–टिंकर सडक अवरुद्ध भएको छ भने दैलेखको डुल्लु नगरपालिका–५ बागडुल्लामा पहिरो आएपछि खुलालु–मान्मा–नाग्मा–जुम्ला सडक चार दिनदेखि बन्द भएको छ ।

रोल्पाको पुतलाचौर र ग्राम्जिम क्षेत्रमा पहिरो जाँदा शहीदमार्ग गत १४ दिनदेखि अबरुद्ध छ । यस्तै पश्चिम रुकुममा चौखा खोला रिजगाड, उसुम खोला र छलगाड क्षेत्रमा पहिरो जाँदा भेरी करिडोरअन्तर्गत छिन्चु–दुनै सडक १५ दिनदेखि सञ्चालन हुन सकेको छैन ।

सिन्धुपाल्चोकको कोदारीमा पहिरोले १६ दिनदेखि अरनिको राजमार्ग ठप्प भएको छ । रसुवागढी–स्याफ्रुबेंसी सडकसमेत तीन सातादेखि अवरुद्ध छ भने मितेरी पुल बाढीले बगाएको डेढ महिनासम्म पनि बेलिब्रिज जडान हुन नसक्दा आवागमन ठप्प छ ।

पूर्वी नेपालतर्फको अवस्था पनि गम्भीर छ। तमोर करिडोर एक महिनादेखि पूर्ण रूपमा बन्द छ । ताप्लेजुङको फक्ताङ्लुङ–५ र ६ जोड्ने रानीपुल बेलिब्रिज बाढीले बगाउँदा यातायात रोकिएको छ । संखुवासभाको बरुण खोला र कोशी राजमार्गमा आएको बाढीले डाइभर्सन बगाएपछि त्यो मार्ग पनि एक महिनादेखि बन्द छ ।

सडक विभागका अनुसार अवरुद्ध सडकहरू खुलाउने प्रयास तीव्र पारिएको छ र आवश्यक उपकरण तथा जनशक्ति परिचालन भइरहेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ३, मंगलवार ०६:०६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP