मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उद्दारमा सघाउन चिलिमे सुरुङमा पुगे कुलमान घिसिङ

325
SHARES
उद्दारमा सघाउन चिलिमे सुरुङमा पुगे कुलमान घिसिङ

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वऊर्जामन्त्री कुलमान घिसिङ रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा जारी उद्दार कार्यमा सहयोग गर्न घटनास्थल पुगेका छन् ।

घिसिङको सचिवालयका अनुसार नेपाली सेनाको आग्रहमा उनी बुधबार चिलिमे पुगेका हुन् । सुरुङभित्र फसेको आशंका गरिएका व्यक्तिको खोजीमा नेपाली सेनासहित विदेशी विज्ञको टोली परिचालित छ । उद्दार टोली सुरुङ छिचोल्दै पावरहाउससम्म पुग्ने प्रयासमा रहेको छ ।

उद्दार कार्यमा आवश्यक प्राविधिक समन्वय तथा सुझावका लागि सेनाले पूर्वऊर्जामन्त्री घिसिङलाई समेत बोलाएको जनाइएको छ । यसअघि भदौ १४ गते पनि घिसिङले चिलिमे सुरुङलगायत बाढी प्रभावित क्षेत्रको स्थलगत रेकी गरेका थिए ।

उद्दार टोलीले सुरुङभित्र करिब २०० मिटर अगाडि रहेको पावरहाउस क्षेत्रमा पुग्ने लक्ष्यसहित काम अघि बढाइरहेको छ । मंगलबारसम्म टोलीले सुरुङभित्र करिब ९० मिटर दूरी पार गरिसकेको थियो ।

करिब ६० मिटर लामो, २५ मिटर अग्लो र २० मिटर चौडा पावरहाउसको माथिल्लो भागमा चामल, पानी, चिनी, चियालगायत खाद्य सामग्री तथा पर्याप्त समयसम्म बत्ती बाल्न सकिने ठूलो ब्याट्री बैंक रहेको बताइएको छ ।

सुरुङभित्र सम्पर्कविहीन रहेका ६ जना पावरहाउस क्षेत्रमा हुन सक्ने आशंका गरिएको छ । उनीहरूको अवस्थाबारे यकिन गर्न उद्दार टोलीले निरन्तर सुरुङभित्र खोजी तथा पहुँच विस्तारको काम गरिरहेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र २४, बुधबार ११:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP