मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बागमती प्रदेशमा पाँच नयाँ मन्त्रीले सम्हाले जिम्मेवारी

2.9K
SHARES
बागमती प्रदेशमा पाँच नयाँ मन्त्रीले सम्हाले जिम्मेवारी

हेटौंडा । बागमती प्रदेश सरकारले गठन गरेको नयाँ मन्त्रिपरिषदमा नियुक्त पाँच मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज आयोजित समारोहमा मुख्यमन्त्री इन्द्र बानियाँद्वारा नियुक्त प्रभात तामाङ, कञ्चनचन्द्र बादे, सुरेश श्रेष्ठ, अर्मिला केसी नेपाल र बिनु रायमाझीलाई शपथ गराए ।

मुख्यमन्त्री बानियाँले उनीहरूलाई आजै पदमा नियुक्त गरेका हुन् । मन्त्रालयहरूमा जिम्मेवारी पनि तोकिएको छ— कञ्चनचन्द्र बादे सामाजिक विकास, प्रभात तामाङ आर्थिक मामिला तथा योजना, अर्मिला केसी नेपाल युवा तथा खेलकुद, सुरेश श्रेष्ठ संस्कृति तथा पर्यटन तथा बिनु रायमाझी सहकारी तथा गरिबी निवारण मन्त्रालयको नेतृत्व सम्हाल्नेछन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण ३०, शुक्रबार ११:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP