मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

टप इन्ड सिरिजमा नेपालको प्रदर्शन ओरालो, लगातार तेस्रो हार

2.5K
SHARES
टप इन्ड सिरिजमा नेपालको प्रदर्शन ओरालो, लगातार तेस्रो हार

काठमाडौं । अष्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिज क्रिकेटमा नेपालले निराशाजनक प्रदर्शन जारी राख्दै लगातार तेस्रो हार व्यहोरेको छ । सोमबार मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएपछि नेपालको जितविहीन यात्रा अझ लम्बिएको छ ।

१७६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभर पूरा खेले पनि सात विकेट गुमाउँदै १४४ रन मात्रै बनाउन सक्यो । नेपाली पारीको सुरुवात राम्रो भए पनि मध्यक्रम धराशायी हुँदा जित टाढिएको हो ।

ओपनर आशिफ शेखले ४८ बलमा ५३ रनको अर्धशतकीय योगदान दिए भने कुशल भुर्तेलले १३ बलमा २५ रन प्रहार गरे । कप्तान रोहित पौडेलले ३१ बलमा ३३ रन बनाए । तर अन्य ब्याटर खास प्रभाव जमाउन असफल भए । भीम सार्की शून्यमा आउट हुँदा दीपेन्द्रसिंह ऐरी १, कुशल मल्ल ११, गुलशन झा २ र आरिफ शेख ८ रनमा सीमित भए ।

मेलबर्नका अस्टिन एनलेजार्क र डग वारेनले दुई–दुई विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको मेलबर्नले ७ विकेटको क्षतिमा १७५ रन बनाएको थियो । स्टार्सका ब्लेक म्याकडोनाल्डले ४७ बलमा ७४ र थोमस रोजर्सले ४६ बलमा ६५ रन बनाउँदै नेपाललाई बलिङमा दबाबमा पारे ।

नेपालका सन्दीप लामिछानेले तीन विकेट लिए भने सोमपाल कामी र साहब आलमले एक–एक विकेट लिए ।

यसअघि नेपाल पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले र दोस्रो खेलमा बंगलादेश ‘ए’सँग ३२ रनले पराजित भएको थियो । लगातार तीन पराजयपछि नेपाली टोलीमाथि प्रदर्शन सुधार गर्न दबाब बढ्दै गएको छ । आगामी खेलमा जित हात पार्दै नेपालले सिरिजमा पुनरागमन गर्ने अपेक्षा गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २, सोमबार ०४:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP