मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

झुम्का कारागारबाट बलात्कार मुद्दाका कैदी फरार

1.8K
SHARES
झुम्का कारागारबाट बलात्कार मुद्दाका कैदी फरार

सुनसरी । सुनसरीको झुम्का कारागारमा रहेका एक कैदी मंगलबार राति फरार भएका छन् ।

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ का २८ वर्षीय रुपक पौडेल खत्री कारागारको ‘बी’ ब्लकमा रहेका बेला पर्खाल नाघेर भागेका जेलर सुवासकुमार लामिछानेले जानकारी दिए ।

सामूहिक बलात्कार प्रकरणमा संलग्न खत्रीलाई जिल्ला अदालत सुनसरीले २०८१ चैत २५ गते १३ वर्ष कैद सजाय सुनाएको थियो । उनी २०८१ साउन २१ गतेबाट कारागारमा रहेका थिए ।

घटनाबारे छानबिनका लागि सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २८, बुधबार ०७:३९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP