मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गाजा कब्जा योजनाविरुद्ध इजरायलभर आन्दोलन तीव्र

1.4K
SHARES
गाजा कब्जा योजनाविरुद्ध इजरायलभर आन्दोलन तीव्र

एजेन्सी । गाजापट्टी कब्जा गर्ने इजरायली सरकारको नीतिविरुद्ध राजधानी जेरुसेलममा ठूला विरोध प्रदर्शन भएका छन् । हमासको नियन्त्रणमा रहेका बन्धकको रिहाइको माग गर्दै शनिबारदेखि सुरु भएको प्रदर्शन आज पनि निरन्तर जारी छ ।

सडकमा उत्रिएका प्रदर्शनकारीहरूको समूह प्रधानमन्त्री बेञ्ज्यामिन नेतन्याहूको निवासतर्फ मार्च गरेको थियो । नेतन्याहू सरकारले गाजा शहर पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिने योजना सार्वजनिक गरेपछि उनीहरूले तीव्र आक्रोश प्रकट गरेका हुन् ।

प्रदर्शनमा पूर्व इजरायली सैनिक म्याक्स क्रिस पनि सहभागी थिए । उनको प्लेकार्डमा ठूला अक्षरमा लेखिएको थियो— “म अस्वीकार गर्छु ।”

जेरुसेलम मात्र होइन, तेल अभिभ, हाइफा लगायतका अन्य प्रमुख शहरहरूमा पनि गाजा कब्जा योजनाविरुद्ध समानान्तर विरोध कार्यक्रमहरू आयोजित भएका छन् ।

इजरायलको यो योजनाको अन्तर्राष्ट्रिय स्तरमै आलोचना भइरहेको छ । संयुक्त राष्ट्रसंघ, बेलायत, फ्रान्स, अष्ट्रेलिया, टर्की, जर्मनी, फिनल्याण्ड र क्यानडासहितका धेरै मुलुकहरूले यस कदमको निन्दा गरेका छन् ।

राष्ट्रसंघले इजरायली कदमले गाजामा रहेका बन्धक र सामान्य प्यालेस्टिनी नागरिक दुवैका लागि विनाशकारी नतिजा निम्त्याउने चेतावनी दिएको छ ।

गत शुक्रबार इजरायली सुरक्षा परिषद्ले प्रधानमन्त्री नेतन्याहूको गाजा शहर नियन्त्रण गर्ने प्रस्ताव अनुमोदन गरेको थियो । सेनाले भने पाँच चरणको योजनाअनुसार काम गर्दै युद्ध अन्त्यतर्फ अघि बढ्ने बताएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २५, आईतवार ०५:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP