मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खोटाङ दुर्घटनाः एकको मृत्यु, १४ घाइते

1.4K
SHARES
खोटाङ दुर्घटनाः एकको मृत्यु, १४ घाइते

काठमाडौं । खोटाङको हलेसीबाट फर्किंदै गरेको एक माइक्रोबस आज बिहान दुर्घटनामा परी एक जनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन् ।

सिराहातर्फ जाँदै गरेको यात्रु सवार प्रदेश २–०–१–००१ ज ००५३ नम्बरको माइक्रोबस जयराम–हलेसी सडकखण्डअन्तर्गत कदुवास्थित डौँठेखोला नजिक सोमबार बिहान करिब ८ बजे दुर्घटनामा परेको हो । प्रहरीका अनुसार, माइक्रोबस सडकबाट करिब २०० मिटर तल खसेको थियो ।

मृतक र घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । माइक्रोबसमा १६ जना यात्रु सवार रहेको खुलेको छ ।

दुर्घटनामा घाइते भएका १४ जनामध्ये छ जनालाई अवस्था गम्भीर भएकाले तत्काल नगरपालिकाको एम्बुलेन्समार्फत काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर पठाइएको हलेसी तुवाचुङ नगरपालिका–७ का वडाध्यक्ष तथा नगर प्रवक्ता कमल गिरीले जानकारी दिए । अन्य आठ जनाको उपचार घुर्मीस्थित जनसेवा पोलिक्लिनिकमा भइरहेको छ । स्वास्थ्यकर्मीहरूका अनुसार उनीहरूको अवस्था सामान्य छ ।

दुर्घटनास्थलमा बुट्यान र झाडीको कारण थप मानवीय क्षति हुनबाट जोगिएको बताइएको छ । घाइतेहरूको उद्धार प्रहरी र स्थानीयवासीको सहयोगमा गरिएको थियो । घटनाको विस्तृत विवरण संकलन भइरहेको प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण १९, सोमबार ०८:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP