मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

यस वर्ष मनसुनमा जनधनको क्षति घट्यो

3.2K
SHARES
यस वर्ष मनसुनमा जनधनको क्षति घट्यो

काठमाडौं । गत वर्षको तुलनामा यो वर्षको मनसुन समयमा जनधनको क्षति उल्लेखनीय रूपमा घटेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार २०८१ मा दुई हजार एक ३९ घटना भएको थियो भने यो वर्ष एक हजार चार सय ५४ वटा घटना भएका छन् । विपदमा परेर गत वर्ष चार सय ९५ जनाको निधन भएकामा यस वर्ष एक सय ४० जनाको ज्यान गएको प्राधिकरणले जनाएको छ ।

गएको वर्ष विपद्का कारण १० हजार आठ सय २३ घरपरिवार प्रभावित भएकामा यस वर्ष पाँच हजार नौ सय ९५ घरपरिवार प्रभावित भएका छन् । विपद्मा परेर गत वर्ष ६६ जना बेपत्ता भएका थिए भने यस वर्ष ३० जना बेपत्ता भएका छन् । गत वर्ष विपद्जन्य घटनामा परेर पाँच सय २२ जना घाइते भएका थिए, यस वर्ष भने तीन सय जना घाइते भएको प्राधिकरणको विवरणमा उल्लेख छ ।

प्राधिकरणका अनुसार, यो वर्ष बाढीका दुई सय ९२, पहिरोका पाँच सय १३, भारी वर्षा तीन सय ९७ र चट्याङका दुई सय ५२ वटा घटना भएका थिए । बाढीमा परेर ३७ जनाको मृत्यु, २६ जना बेपत्ता र १४ जना घाइते हुँदा तीन हजार दुई सय घरपरिवार प्रत्यक्ष प्रभावित भएका थिए । त्यस्तै पहिरोमा परेर ६७ जनाको मृत्यु,चार जना बेपत्ता र ७७ जना घाइते भएका थिए भने एक हजार पाँच सय १८ घरपरिवार प्रभावित भएका छन् ।

भारी वर्षाका कारण सात जनाको मृत्यु, २० जना घाइते भए भने नौ सय ६६ घरपरिवार प्रभावित भएका छन् । प्राधिकरणका अनुसार, चट्याङमा परेर २९ जनाको मृत्यु, एक सय ८९ घाइते हुँदा तीन सय ११ घरपरिवार प्रभावित भएका छन् ।

मनसुनका बेला हुने विपद् घटना तथा त्यसबाट हुने जनधनको क्षति यस वर्ष घट्नु सकारात्मक संकेत हो । विपद् न्यूनीकरणका प्रयास, सचेतना तथा स्थानीयस्तरमा गरिएका पूर्वतयारीले यसमा भूमिका खेलेको मानिन्छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक २६, बुधबार ००:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP