मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुन र चाँदी दुबैको मूल्य घट्यो, सुनमा प्रतितोला ११ सय रूपैयाँ गिरावट

3.2K
SHARES
सुन र चाँदी दुबैको मूल्य घट्यो, सुनमा प्रतितोला ११ सय रूपैयाँ गिरावट

काठमाडौं । आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला १ लाख ९४ हजार ७०० रूपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार ११०० रूपैयाँले घटेर १ लाख ९३ हजार ६०० रूपैयाँमा झरेको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार २ हजार ३४० रूपैयाँमा रहेको चाँदी आइतबार ५० रूपैयाँ घटेर प्रतितोला २ हजार २९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारको प्रभाव र मागमा आएको उतारचढावका कारण सुनचाँदीको मूल्यमा यस्तो गिरावट देखिएको हो ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण ११, आईतवार ०६:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP