मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्पेनले जर्मनीलाई हराउँदै पहिलोपटक महिला युरोको फाइनल यात्रा तय गर्‍यो

1.4K
SHARES
स्पेनले जर्मनीलाई हराउँदै पहिलोपटक महिला युरोको फाइनल यात्रा तय गर्‍यो

काठमाडौं । विश्वकप विजेता स्पेनले यूईएफए महिला युरो २०२५ को फाइनलमा स्थान बनाएको छ । स्विट्जरल्यान्डको स्टेडियन लेट्जिग्रन्डमा मंगलबार राति सम्पन्न सेमिफाइनल खेलमा स्पेनले पूर्व उपविजेता जर्मनीमाथि १–० को कठिन जित निकाल्दै ऐतिहासिक सफलता हात पारेको हो ।

निर्धारित ९० मिनेटको समयसम्म दुबै टोली गोलरहित बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयमा प्रवेश गरेको थियो । त्यसपछि अतिरिक्त समयको दोस्रो हाफमा आइताना बोनमतिको गोल स्पेनका लागि निर्णायक बन्यो ।

यो जितसँगै स्पेन पहिलोपटक महिला युरोपियन च्याम्पियनसिपको फाइनलमा पुगेको हो । यति मात्रै होइन, स्पेन हालसम्म प्रतियोगितामा अपराजित रहँदै फाइनल पुगेको टोली बनेको छ ।

अब उपाधिका लागि उसले साविक विजेता इङल्यान्डसँग भिडन्त गर्नेछ । उल्लेखनीय छ, महिला विश्वकप २०२३ को फाइनलमा पनि यी दुई टोली आमनेसामने भएका थिए, जसमा स्पेनले इङल्यान्डलाई १–० ले पराजित गर्दै उपाधि जितेको थियो ।

यसपटकको युरो फाइनलले फेरि एकपटक विश्वकपको दोहोरिएको भिडन्त ल्याउनेछ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण ८, बिहीबार ०७:०२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP