मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रूपन्देही–३ उपनिर्वाचनः उम्मेदवार दर्तादेखि मतदानसम्मको कार्यतालिका सार्वजनिक

2.4K
SHARES
रूपन्देही–३ उपनिर्वाचनः उम्मेदवार दर्तादेखि मतदानसम्मको कार्यतालिका सार्वजनिक

काठमाडौं । रूपन्देही जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर ३ मा आगामी कात्तिक १७ गतेका लागि तोकिएको उपनिर्वाचनका लागि निर्वाचन आयोगले औपचारिक कार्यतालिका सार्वजनिक गरेको छ ।

निर्वाचन आयोगको निर्णयअनुसार उम्मेदवारको मनोनयन दर्ता आगामी असोज २१ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ । सोही दिन बेलुका ५ देखि ७ बजेसम्म उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशित गरिनेछ ।

उजुरी दिने र निर्णय गर्ने समय
मनोनयन दर्तापछि उम्मेदवारविरुद्ध उजुरी दिनका लागि असोज २२ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय तोकिएको छ । त्यसपछिको समयमा अर्थात् असोज २२ को दिउँसो ३ बजेदेखि असोज २३ गते बेलुका ५ बजेसम्म उजुरी तथा मनोनयन पत्रहरूको जाँचबुझ गरिनेछ । सोही दिन बेलुका ५ देखि ७ बजेसम्म उम्मेदवारको संशोधित नामावली प्रकाशित हुनेछ ।

नाम फिर्ता र चुनाव चिन्ह
असोज २४ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन् । सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम उम्मेदवारहरूको नामावली प्रकाशित गरिनेछ । दिउँसो ३ देखि ६ बजेसम्म उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिने निर्वाचन कार्यतालिकामा उल्लेख छ ।

मतदान मिति र समय
निर्धारित कार्यक्रमअनुसार कात्तिक १७ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ ।

केही कानूनी प्रावधान
यस निर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन, २०७९ अन्तर्गत समानुपातिक प्रणालीको बन्दसूचीमा नाम समावेश भएका व्यक्तिहरू उम्मेदवार बन्न नपाउने कानुनी व्यवस्था रहेको निर्वाचन आयोगले स्पष्ट पारेको छ ।

निर्वाचन आयोगले सबै राजनीतिक दल, उम्मेदवार तथा सरोकारवालालाई कार्यतालिका र कानूनी प्रावधानको पूर्ण पालना गर्न अनुरोध गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण ४, आईतवार १०:२६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP