मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पश्चिम एसियामा द्वन्द्व चर्किँदै: हुथी आक्रमणपछि तेल बजार महंगिँयो

637
SHARES
पश्चिम एसियामा द्वन्द्व चर्किँदै: हुथी आक्रमणपछि तेल बजार महंगिँयो

काठमाडौं । इरान समर्थित हुथी विद्रोहीहरूले पहिलो पटक इजरायललाई लक्षित गर्दै आक्रमण गरेपछि पश्चिम एसियामा तनाव झन् तीव्र बनेको छ । द्वन्द्व विस्तारको चिन्ताबीच सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेख्य रूपमा बढेको देखिएको छ ।

ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल २.८१ प्रतिशतले वृद्धि भई ११५.७३ डलर पुगेको छ भने अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएट (डब्ल्युटीओ) को मूल्य पनि ३.१४ प्रतिशतले बढेर १०२.७७ डलरमा पुगेको छ ।

यसैबीच, इजरायली रक्षा बलले इरानको राजधानी तेहरानका विभिन्न स्थानमा शक्तिशाली विस्फोट गराएको जनाएको छ । इरानको ऊर्जा मन्त्रालयका अनुसार विद्युतीय संरचनामा भएको आक्रमणका कारण तेहरान र अल्बोर्ज प्रान्तका केही क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध भएको थियो, तर हाल अधिकांश स्थानमा पुनः सेवा सुचारु भइसकेको छ ।

उता, इजरायलको औद्योगिक क्षेत्र नियोत होभभमा मिसाइलका छर्राहरूका कारण ठूलो आगलागी भएको छ ।

द्वन्द्वको असर सञ्चार क्षेत्र र शिक्षामा पनि परेको छ । इजरायली हवाई आक्रमणमा ज्यान गुमाएका तीन लेबनानी पत्रकारको अन्त्येष्टिमा सयौँ मानिस सहभागी भएका छन् । साथै, लेबनानस्थित अमेरिकी विश्वविद्यालयले सुरक्षाका कारण अनलाइन माध्यमबाट कक्षा सञ्चालन सुरु गरेको छ ।

खाडी क्षेत्रका कुवेत र साउदी अरबमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा समेत क्षति पुगेको खबर आएको छ । यद्यपि, पाकिस्तानका विदेशमन्त्रीले इरान र अमेरिकाबीच शान्ति वार्ताको सम्भावना अझै जीवित रहेको बताएका छन् । (एजेन्सी)



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र १६, सोमबार ००:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP